मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दोस्रो चरणको निर्वाचनमा प्रत्यक्ष चुनाव भिड्न तयार नेतृहरु

शुक्रबार, १० कात्तिक २०७४, १७ : ०५
शुक्रबार, १० कात्तिक २०७४


काठमाडौं– पहिलो चरणमा निर्वाचन हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वानका लागि राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराइसकेका छन् । दलहरुले घोषणा पत्र र भाषणमा महिला मुक्ति र समानताका चर्का कुरा गरेपनि पहिलो चरणको प्रदेश र केन्द्रको निर्वाचनमा न्युन मात्रामा महिलाहरुलाई उम्मेदवार बनाएपछि त्यसको आलोचना भइरहेको छ । 

दोस्रो चरणमा प्रदेश र केन्द्रको निर्वाचन मंसिर २१ गते हुदै छ । त्यसकोलागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता यहि मंसिर १६ गते हुदैछ । राजनीतिक दलहरु उम्मेदवारी टुङगो लगाउनमा व्यस्त छन् । 

यहि समयमा देशका विभिन्न जिल्लाबाट राजधानीमा टिकटका लागि धाउनेहरुको पनि कमी छैन । 

पहिलो चरणको निर्वाचनका लागि जसरी दलहरुले महिलाहरुलाई प्रत्यक्षमा टिकट दिएनन त्यहि प्रवृति दोस्रो चरणमा पनि दोहोरिएला कि भनेर राजनीतक दलसम्बद्ध महिलाहरु चिन्तित देखिन थालेका छन् । 

राजनीतिक दलहरुले महिला नेतृहरुको त्यागतपस्या र क्षमतालाई सम्मान गर्ने हो भने धेरै महिला नेतृहरु प्रत्यक्षमा निर्वाचन लड्न तयार भएको हामीसँगको कुराकानीमा बताएका छन् । 

माओवादी केन्द्रबाट सचिवालय सदस्य उर्मिला अर्याल पर्साबाट निर्वाचन लड्न तयार छन् । उनी लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा जोडिएकी छन् । एमाले हुदै माओवादी केन्द्रको राजनीति गरेकी अर्याल प्रखर वक्ताका रुपमा हेरिन्छन् ।

माओवादी केन्द्रकै प्रवक्ता तथा जनयुद्ध लडेकी नेतृ पम्फा भुसाल ललितपुर ३ बाट निर्वाचन लड्दैछन् । निडर नेतृत्व मानिने भुसाल पहिलो संविधान सभामा ललितपुरबाट विजयी भइकि थिइन् । भुषाल मिलनसार र जनस्तरमा राम्रो सम्बन्ध बनाउन खप्पिस मानिनन्छन् । 

कंचनपुर १ बाट बिना मगर निर्वाचन लड्ने तयारीमा छन् । उनले दोस्रो संविधान सभाको निर्वाचनान काँग्रेसका देवानसिंह विष्टसंग झिनो मतले पराजय भोगेकी हुन् । तर पराजित भएपनि सभासद विष्टको भन्दा बढी विकास निमार्णका काममा १ नं क्षेत्रमा बढी खटेकी छन् । उनले स्थानीय तहमा संगठन निमार्ण गर्न पछिल्लो समय पुरा स्थानीय तहमा लगाएकी छन् । उनेल टिकट पाउने र जित्ने सुनिश्चित मानिएको छ । 

त्यसैगरी ओमकुमारी पौडेल तनहुँ १ नं क्षेत्रबाट काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग चुनवा लड्न तयार छन् । वाम गठबन्धनबाट टिकट पाउने उनको संभावना सबैभन्दा बढी रहेको छ । ह्यावी वेटका रामचन्द्र पौडेलसंग अरुले चुनाव लड्न त्यति इच्छा नदेखाएकाले पौडेलले टिकट पाउने संभावना रहेको छ । 

अमृता थापामगर स्याङजाबाट निर्वाचन लड्ने तयारीमा छन् । उनको भिड्न्त काँग्रेसका धनराज गुरुङसंग हुनेछ । माओवादी जनयुद्धमा विद्यार्थी कालदेखि लागेकी थापामगर क्रान्तिकारी महिला संघको केन्द्रीय अध्यक्ष पनि हुन । 

कुमारी मोक्तान मकवानपुरबाट निर्वाचनमा होमिदैछन् । बाँकेबाट कृष्णा केसी,दाङबाट अन्जना चौधरी पनि निर्वाचनमा भिड्दैछन् । 

एमालेबाट पहिलो चरणको निर्वाचनमा महिला उम्मेदवारी केन्द्रमा शुन्य भएको थियो । दोस्रो चरणको निर्वाचनमा भने धेरै महिलाहरु निर्वाचनमा लड्न इच्छुक देखिएका छन् । 

गरीमा शाह कैलाली १ बाट निर्वाचनमा लड्दै छन् । दोस्रो संविधान सभामा सभासद बनेकी उनि यसपटक पनि चुनाव लड्न तयार रहेको बताउछिन् । 

काठमाडौंबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य निर्वाचन लड्दैछन् । शाक्यलाई एमालेबाट ३ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा पनि चर्चा गर्ने गरिएको छ । 

सावित्रा भुषाल पनि काठमाडौबाटै निर्वाचन लड्ने तयारीमा छिन् । उनी पार्टीको केन्द्रीय सदस्य पनि हुन् । उनि अहिले काठमाडौ जिल्ला इन्चार्जपनि हुन । 

पदमा अर्याल स्याङजाबाट निर्वाचनका लागि तयारी गरीरहेकी छन् । झापाबाट पवित्रा निरौला निर्वाचन लड्दैछन् । रन्जु झा पनि पुन निर्वाचन लड्ने तयारीमा छन् । 
संविधानमा नै ३३ प्रतिशत महिला अनिर्वाय हुनुपर्ने व्यवस्था छ । संविधानमा अमुर्त भाषा प्रयोग भएकाले राजनीतिक दलहरुपनि त्यहि किसमले संविधानको कार्यन्वयन गर्ने देखिन्छन् । संविधानमा ३३ प्रतिशतमात्र भनेकाले दलहरु समानुपातिकबाट त्यो प्रतिशत पुगाउने होडबाजीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप