शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर बुझाउन ५२ करदाताको नाममा ३० दिने सूचना जारी

आइतबार, २४ साउन २०७८, ११ : ५२
आइतबार, २४ साउन २०७८

समयमा कर नबुझाउने ५२ करदाताको नाममा काठमाडौं महानगरपालिकाले ३० दिने सूचना जारी गरेको छ । महानगरपालिकालाई तिर्नुपर्ने घरजग्गा÷सम्पत्ति कर पटक पटक पत्राचार गर्दा समेत बुझाउन अटेरी गरेपछि महानगरपालिकाले आइतबार सार्वजनिक सूचना गरी ताकेता गरेको छ । 

३० दिनभित्र कर नबुझाएमा कर दाताहरूको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ । 

‘महानगरपालिकालाई तिर्न/बुझाउनपर्ने घरजग्गा/सम्पत्ति कर बुझाउनका लागि विगत समयदेखि सम्बन्धित वडा कार्यालयबाट पटक पटक पत्राचार गर्दा समेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३०(तीस) दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धित वडा कार्यालयमा  सम्पर्क  गरी  आफ्नो  सम्पत्तिको  विवरण  सहित  बुझाउन  बाँकी  कर  (जरिवाना  समेत)  दाखिला गर्नुहोला’, महानगरपालिकाको सूचनामा भनिएको छ, ‘अन्यथा महानगरपालिकाको राजस्व ऐनको दफा १२ बमोजिम कर दाताहरुको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत यसै सूचनाद्वारा सम्बन्धित सबै करदाताहरूमा जानकारी गराइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप