शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

पेटको बोसो घटाउन आयुर्वेदिक सूत्र, मिल्नेछ मोटोपनबाट सधैँका लागि छुटकारा

आइतबार, २४ साउन २०७८, १३ : २१
आइतबार, २४ साउन २०७८

तौलसँगै पेटको बोसो पनि घट्न मुश्किल हुन्छ । पेटको बोसो एकपटक घटाइ सकेपछि यसलाई नियन्त्रणमा राख्न पनि निकै गाह्रो हुन्छ । विशेषज्ञले आयुर्वेद मार्फत लामो समयसम्म पेटको बोसो नबढ्ने दाबी गरेका छन् । 

पेटको बोसो घटाउने आयुर्वेदिक सूत्र :

रातिको खाना कम खाने 
दिनभर हाम्रो पाचन प्रक्रिया सक्रिय रहन्छ । त्यसैले शरीरका लागि आवश्यक क्यालोरीको मात्राको ५० प्रतिशत दिनको समयमा लिने गर्नुपर्छ । रातिको खाना साँझ ७ बजे नै खाने गर्नुपर्छ ।

रिफाइन्ड काब्र्स
यदि तपाईं पेटको बोसो पगाल्न चाहानुहुन्छ भने रिफाइन्ड गरिएको कार्बोहाइड्रेटयुक्त खानेकुरा खान कम गर्नुपर्छ । यसले पेटको बोसो आफै कम हुँदै जान्छ । यसका साथै, गुलियो पेयपदार्थ, पास्ता, ब्रेड, बिस्कुट र चिल्लो खानेकुरा खान कम गर्नुपर्छ ।

मेथीको दाना 
आयुर्वेद विशेषज्ञका अनुसार बिहान उठेर खाली पेटमा मेथीको दानाको पानी पिउँदा पेटको बोसो कम हुन्छ । मेथीको दानालाई रातभरी भिजाएर राख्ने र बिहानै यसको पानी छानेर पिउने गर्नुपर्छ ।

त्रिफलाको सेवन 
विशेषज्ञले तौल कम गर्नका लागि आफ्नो खानेकुरामा क्रिफलाको प्रयोग गर्ने गर्नुपर्छ । यसले शरीरमा रहेका विशाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । साथै, यसले पाचन प्रक्रियालाई पनि सक्रिय बनाउँछ । तौल घटाउनका लागि तातो पानीमा क्रिफला चुर्ण मिसाएर सेवन गर्न सकिन्छ । 

तीव्र गतिमा हिँड्ने 
पेटलाई समाएर ३० मिनेट छिटो छिटो हिँडने गर्दा पेटको बोसो कम हुन्छ । साथै, पेट घटाउन घरमा नै विभिन्न प्रकारका व्यायाम गर्न सकिन्छ ।

तातो पानीसँग अदुवा
अदुवाको पाउडर हालेको पानीमा थर्मोजेनिक एजेन्ट हुन्छ । जसले शरीरमा भएको बोसोलाई पगाल्ने काम गर्छ । तातो पानीसँग अदुवाको पाउडर मिसाएर खाँदा मेटाबोलिज्म सही हुन्छ । 

इमली
गार्सीनिया क्याम्बोजिया जसलाई आमभाषामा इमली भनिन्छ । यसले मेटाबोलिज्म र पाचन प्रक्रियालाई सक्रिय बनाउँछ । आयुर्वेदका अनुसार यसले तीव्र गतिमा तौल घटाउन मद्दत गर्छ ।

तातो पानी
आयुर्वेदका विशेषज्ञले तौल घटाउनका लागि तातो पानी पिउनु पर्ने बताएका छन् । यसले तौल घटाउन मद्दत गर्छ भने शरीरलाई कुनै नोक्सान पुर्याउँदैन ।

राम्रोसँग चपाएर खाने 
खाना खाँदा सकेसम्म राम्रोसँग चपाएर खाने गर्नुपर्छ । यसले शरीरमा काब्रोहाइड्रेटलाई सजिल्यै पच्न मद्दत गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप