एनआरएनएको सचिवमा निमेष गिरीद्वारा उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदको लागि यूएईका निमेष गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।
सन २००४ मा एनसीसी कतारको सदस्य बनेका गिरी सन् २००६ मा एनसीसी कतारको कार्यसमिति सदस्य हुँदै निरन्तर संघको अभियानमा जोडिएका ब्यक्ति हुन् । मध्यपूर्वको यूएईलाई कार्यक्षेत्र बनाएका गिरी सन २००९ मा एनसीसी यूएईको सदस्य र सन २०११-२०१३ कार्यकालको लागि प्रवक्ता बनेका थिए । साहित्य र लेखनमा बिशेष रुची राख्ने गिरी सन २०१३ देखि हालसम्म पनि निरन्तर रुपमा एनसीसी यूएईको सल्लाहकार, विधान संसोधन समिती संयोजक, अनुशासन समिति संयोजक हुँदै अन्तरराष्ट्रिय टास्क फोर्सहरुमा बसेर संघलाई योगदान पुर्याएका छन् ।
हरेक अन्तरराष्ट्रिय सम्मेलनहरुमा सहभागी हुँदै आफ्नो कुरा सशक्त ढंगले राख्ने गिरीले प्रखर वक्ताको रुपमा समेत छवि बनाएका छन् । 'संस्थाले राम्रो गरिरहेको छ तर विकृति पनि उत्तिकै छ, गुटभन्दा माथि उठेर संस्थालाई हाम्रो र राम्रो संस्था बनाउने मेरो भूमिका हुनेछ । मेरो उम्मेदवारी विजयको लागि हो, गिरीले भने, मध्यपूर्व र संसारभरका एनआरएन सदस्यहरुलाई सहयोगको लागि अनुरोध गर्दछु' । उनले भने
संघको अन्तरराष्ट्रिय सम्मेलन आगामी अक्टोबर महिनामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा