तनहुँमा १०८४ म्यादी प्रहरी भर्ना
तनहुँ- आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ जिल्लामा १ हजार ८४ जना म्यादी प्रहरी भर्ना गरिएको छ । पुरुष र महिला गरी कुल २ हजार ७ सय १३ जनाको आवेदन परेकामा परीक्षाबाट १ हजार सय ८४ जना छनोट भएका हुन् ।
‘शारीरिक तन्दरुस्ती, स्वास्थ्य परीक्षण लगायतका परीक्षाबाट ८ सय ८९ पुरुष र १ सय ९५ महिला छानिएका छन्,’ तनहुँका डिएसपी सुनिल मल्लले भने, ‘वैकल्पिकमा २ सय १७ जना परेका छन् ।’
छनोट भएका म्यादी प्रहरीलाई अब १५ दिने तालिम दिएर कार्यक्षेत्रमा खटाइने पडिएसपी मल्लले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले समन्वय गरेर मातहतका इलाका प्रहरी कार्यालयहरु बाट म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन स्थलमा खटाउने छ ।
प्रतिनिधिसभामा दुइ सिट र प्रदेश सभामा चार सिट रहेको तनहुँमा १३६ मतदान स्थल र २६५ मतदान केन्द्र छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ जिल्लामा २ लाख ११ हजार दुई सय ५६ मतदाता छन् । स्थानीय चुनावमा १ लाख ९४ हजार ४ सय ७१ मतदाता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
-
पोखराको पर्यटन प्रवर्द्धन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण