आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा १०८४ म्यादी प्रहरी भर्ना

शनिबार, ११ कात्तिक २०७४, १३ : ३०
शनिबार, ११ कात्तिक २०७४

तनहुँ- आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ जिल्लामा १ हजार ८४ जना म्यादी प्रहरी भर्ना गरिएको छ । पुरुष र महिला गरी कुल २ हजार ७ सय १३ जनाको आवेदन परेकामा परीक्षाबाट १ हजार सय ८४ जना छनोट भएका हुन् ।

‘शारीरिक तन्दरुस्ती, स्वास्थ्य परीक्षण लगायतका परीक्षाबाट ८ सय ८९ पुरुष र  १ सय ९५ महिला छानिएका छन्,’ तनहुँका डिएसपी सुनिल मल्लले भने, ‘वैकल्पिकमा २ सय १७ जना परेका छन् ।’

छनोट भएका म्यादी प्रहरीलाई अब १५ दिने तालिम दिएर कार्यक्षेत्रमा खटाइने पडिएसपी मल्लले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले समन्वय गरेर मातहतका इलाका प्रहरी कार्यालयहरु बाट म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन स्थलमा खटाउने छ ।

प्रतिनिधिसभामा दुइ सिट र प्रदेश सभामा चार सिट रहेको तनहुँमा १३६ मतदान स्थल र २६५ मतदान केन्द्र छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ जिल्लामा २ लाख ११ हजार दुई सय ५६ मतदाता छन् । स्थानीय चुनावमा १ लाख ९४ हजार ४ सय ७१ मतदाता थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप