साउने सोमबार छ, कोरोनाको के डर छ ?
देशमा कोरोना सङ्क्रमण पुनः बढ्दो छ । नयाँ भेरियन्ट फैलिएसँगै दैनिक ३ हजारको हाराहारीमा कोरोना सङ्क्रमितहरू फेला परिरहेका छन् । अहिले पनि देशभर खुकुलो भए पनि निषेध आदेश जारी गरिएको छ । काठमाडौँ उपत्यकाका तीन वटै प्रशासन कार्यालयले आगामी ८ गतेसम्मलाई लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । जसमा पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाउने भनिएको छ ।

आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिर क्षेत्र जाने हो भने प्रशासनको सो निषेध आदेश कागजमा मात्र सीमित भएको पुष्टि हुन्छ । कतिपय त मास्क नै नलगाई भिडभाडमा पुगेको देखिएको थियो ।

हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने व्रत समापन गर्दछन् । व्रत बसेका व्रतालुहरूले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण