एमाले स्थायी समिति बैठकमा तेस्रो धार सहभागी हुने

अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समिति बैठकमा तेस्रो धारका नेताहरू सहभागी हुने भएका छन् । नेता माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबारको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।
अध्यक्ष ओली निवास बालकोटमा भएको झन्डै तीन घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएपछि यसअघि नेपाल समूहमा रहेका तर नयाँ पार्टी दर्ताको प्रक्रियामा नेपाललाई साथ नदिएका नेताहरू ओलीले बोलाएको बैठकमा बस्न तयार भएका हुन् ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलापछि एमाले २०७५ जेठ २ को अवस्थामा पुगे पनि त्यसयता ओलीले बोलाएका कुनै पनि बैठकमा अहिले तेस्रो धारमा विभाजित भएका नेताहरू सहभागी भएका थिएनन् । सोमबार ओलीसँगको छलफलपछि मंगलबार ११ बजे एमाले स्थायी समिति बैठक बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य
-
७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
‘भारी’ अमेरिकी बम जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि
-
प्रभु साहले ‘राजनीतिक स्टन्ट’का लागि प्रधानमन्त्रीलाई प्रश्न गरेः बर्तौला
-
१७ वर्षीया किशोरीलाई ब्ल्याकमेल गर्दा हिरासतमा पुगे आईटीका विद्यार्थी