प्रिमियर लिगमा थप १६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
मङ्गलबार, ०८ भदौ २०७८, ०६ : २१
गत एक हप्तामा प्रिमियर लिगमा थप १६ जना खेलाडी र क्लबका स्टाफलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रिमियर लिगले १६ देखि २२ अगस्तको बीच लिगले ३ हजार ६० जनाको परीक्षण गर्दा पहिलो चरणमा १२ र दोस्रो चरणमा थप ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि लिगको पहिलो हप्तामा ९ जना र १५ अगस्तअघि ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । प्रिमियर लिगले हरेक हप्ता दुई चरणमा गर्ने परीक्षणलाई कायम राख्ने भएको छ ।
कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि चेल्सीका फरवार्ड क्रिस्टियन पुलिसिचले आइतबार आर्सनलबिरुद्धको खेल गुमाएका थिए । त्यस्तै, आर्सनलका डिफेन्डर बेन ह्वाइट पनि सङ्क्रमित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण