टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार जीवराम भण्डारीलाई
संयुक्त राज्य अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले २०७७ सालको पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । फाउण्डेशनका तर्फबाट टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ ।
तीन दशक अघिदेखि पत्रकारितामा रहनुभएका भण्डारी छापा माध्यमबाट पत्रकारिता शुरु गरेर हाल टेलिभिजनका चर्चित अन्तरवार्ताकारका रुपमा परिचित छन् । सुशासन एवं भ्रष्टाचार बिरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिदै आएको छ । एकदशक अघि स्थापित यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसकेका छन् ।
यस वर्ष तीर्थ कोइरालाको संयोजनमा वरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौटसमिति गठन गरिएको थियो।
अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गर्नुभएको हो । टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारकोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिती सामान्य हुनासाथ पुन शुरु गरिने फाउण्डेसनले जनाएको छ।
२०७७ कोहेम सरिता संगीत पुरस्कार र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको घोषणा यस अघि नै भइसकेको छ । घोषित पुरस्कारहरु उपयुक्त समय मिलाएर छिटै हस्तान्तरण गरिने बताइको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?