ad

बेलायतमा फेरि बढ्दै सङ्क्रमण, एकै दिन ३८ हजार बढी सङ्क्रमित

person explore access_timeभदौ १२, २०७८ chat_bubble_outline0

 


बेलायतमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । बेलायतका चारवटै राज्यहरूमा सङ्क्रमण दर बढेको राष्ट्रिय तथ्याङ्कको कार्यालयको पछिल्लो अध्ययनले देखाएको हो । हुन त बेलायतमा  पछिल्ला दिनहरूमा दैनिक सङ्क्रमण दर २५ हजारको हाराहारीमा रहँदै आएको छ । यूकेमा  ८० जनामा गरिएको कोरोना परीक्षणमा एक जना सङ्क्रमित हुने गरेको तथ्य सार्वजनिक भएको छ ।



नर्दर्न आयरल्यान्डमा ४० जनामध्ये एक जनामा, इंग्ल्याण्डमा ७० जनामध्ये एक जनामा, वेल्समा १२० जनामध्ये एक जनामा र स्कटल्यान्डमा १४० मध्ये एक जनामा एक जनामा कोरोना पोजेटिभ देखिएको राष्ट्रिय तथ्याङ्क को कार्यालयले जनाएको छ ।



बेलायतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा सङ्क्रमित हुनेको कुल सङ्ख्या ६६ लाख ६६ हजार ३९९ पुगेको छ ।



यसै गरी कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप १०० जनाको मृत्यु भएको छ । अघिल्लो दिन १४० जना सङ्क्रमितको मृत्यु भएको थियो । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ३२ हजार २४३ पुगेको छ ।



यसै गरी बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड २ लाख ९५ हजार भन्दा बढी डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७९ लाख १५ हजार ७६८ जनाले खोपको पहिलो डोज र चार करोड २३ लाख ७९ हजार ३५३ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।