लघुकथा : एकोहोरो प्रेम
किराना पसल गर्ने अविवाहित महिला रामकुमारीले आफ्नो ग्राहक राजकुमारसँग भनिन् “दाइ तपाईंको विवाह भएको छ कि छैन ?” “मेरो विवाह भएको छैन । मजस्तोलाई कसले पत्याउँछ र ?” राजकुमारले भन्यो ।
राजकुमारको यो जबाफले महिलालाई धेरै खुसी तुल्यायो । “त्यसो भए दाइ तपाईंका लागि राम्री केटी म नै खोजिदिन्छु” रामकुमारीले भनिन् ।
राजकुमारले भने, “मलाई राम्रो व्यवहार भएको केटी चाहिन्छ” । त्यो पसलको बाटो ओहोरदोहोर गर्दा कता जान लाग्नुभएको दाइ ? भनेर पसल्नीले सधैँ सोध्ने गर्थिन् । पसल्नीले राजकुमारको घर चिनेपछि उसको घरमा गएर राजकुमारकी आमालाई भेटेर भनिन्, “हजुरको छोराको विवाह अब कहिले गर्ने ?”
राजकुमारकी आमाले पनि अब सकभर छिटै गर्ने बताइन् । “त्यसो भए हजुरको छोरालाई केटी म नै खोजिदिन्छु नि,” भनिन् ।
राजकुमारकी आमाले हाँसेर ‘हुन्छ नि’ भनिन् ।
एकदिन राजकुमार त्यही पसलमा केही सामान किन्न जाँदा पसल्नीले ‘तपाईंकी आमालाई मैले भेट्न जाँदा तपाईंको लागि राम्रो आनिबानी भएकी केटी खोजिदिनुभए हुन्थ्यो’ भन्नुभएको थियो भनिन् ।
“केटी कहिले खोजिदिनु हुन्छ त” राजकुमारले भन्यो ।
“तपाईंलाई अहिले चाहिएमा अहिले नै खोजिदिन्छु” पसल्नीले भनिन् । राजकुमारले हुन्छ नि त भन्यो । अनि पसल्नीले लजाउँदै भनिन्, “केटी अहिले तपाईंलाई नै हेरेर मन पराएर बसेकी छे” ।
-सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको १८ बुँदे प्रस्ताव : सहकारी ठगीमा कारबाहीदेखि रुस-युक्रेन युद्ध रोक्नेसम्म
-
कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : रविलाई बोल्न दिनुस्, समिति बन्छ
-
भारतको काश्मीरबाट उद्धार गरिएका श्रमिक आइपुगे नेपाल
-
गिरीबन्धुको नाम सुनेपछि किन झस्किन्छन् ओली ?
-
कलंकी बलात्कार घटनाका फरार आरोपित पक्राउ
-
बागमती प्रदेश : संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक