अमेरिकाको क्यालिफोर्नियामा एक नेपालीको मृत्यु
आइतबार, २० भदौ २०७८, १८ : ४३
अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका २६ बर्षीय सुमन पोख्रेलको निधन भएको छ । उनको मृत्युपछि क्यालिफोर्नियाको दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले दाह संस्कार गर्नका लागि खर्च जुटाउन गो फण्ड मीमा खाता खोलेको छ ।
दि ह्वाइट जोन क्यालिफोर्नियाका अनुसार पोख्रेल विगत ४ बर्ष देखि रिचमण्ड क्यालिफोर्नियामा बस्दै आएका थिए । उनलाई गत शनिबार सेप्टेम्बर ४ का दिन अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको जनाइएको छ ।
उनी गत बर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । गत सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । १३ घण्टा अगाडी खोलिएको उक्त खातामा ५ सेप्टेम्बर ,बिहान ६:३० (डिसी को समय अनुसार ) बजे सम्म करिव १८ हजार डलर संकलन भै सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने