अमेरिकाको क्यालिफोर्नियामा एक नेपालीको मृत्यु
आइतबार, २० भदौ २०७८, १८ : ४३
अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका २६ बर्षीय सुमन पोख्रेलको निधन भएको छ । उनको मृत्युपछि क्यालिफोर्नियाको दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले दाह संस्कार गर्नका लागि खर्च जुटाउन गो फण्ड मीमा खाता खोलेको छ ।
दि ह्वाइट जोन क्यालिफोर्नियाका अनुसार पोख्रेल विगत ४ बर्ष देखि रिचमण्ड क्यालिफोर्नियामा बस्दै आएका थिए । उनलाई गत शनिबार सेप्टेम्बर ४ का दिन अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको जनाइएको छ ।
उनी गत बर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । गत सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । १३ घण्टा अगाडी खोलिएको उक्त खातामा ५ सेप्टेम्बर ,बिहान ६:३० (डिसी को समय अनुसार ) बजे सम्म करिव १८ हजार डलर संकलन भै सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण