ज्योतिष कुना

आजको राशिफल : कुन-कुन राशिका शुभ ?

person explore access_timeभदौ २३, २०७८ chat_bubble_outline0

वि.सं.२०७८ साल भदौ २३ गते । बुधबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–द्वितीया, रातको ०४ बजेर ०३ मिनेट उप्रान्त तृतीया । नक्षत्र–उत्तराफाल्गुनी, बेलुकी ०६ बजेर ०७ मिनेट उप्रान्त हस्त । योग–शुभ, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त शुक्ल । करण– बालव, बेलुकी ०४ बजेर ४७ मिनेट उप्रान्त कौलव, रातको ०४ बजेर ०३ मिनेट उप्रान्त तैतिल ।  आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कन्या । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३१ घडी १३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसाय फस्टाएर जाने हुनाले अन्य व्यवसायमा पनि लगानी गर्ने अवसर आउनेछ ।  प्रेममा सामीप्य बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।
 
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मीय साथी तथा आफन्तसँग मनमुटाब बढ्नेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । माया प्रेममा सामीप्य बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवारका साथ रहेर मिठो मसिनो खाने अवसर प्राप्त भए पनि खानपिनको तालमेल नमिल्दा स्वास्थ्य गडबड हुनेछ । व्यापारमा लगानी गर्ने उपयुक्त समय नरहेकोले तत्काल कुनै व्यवसाय थालनी नगर्नु नै राम्रो रहको छ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काम गरी अरूलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ । अध्ययनमा प्रगति हुनेछ भने अरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अनावश्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । 

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथीबाट आलोचना खप्नु पर्नेछ  ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नीबीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग पाइने छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।