अमेरिकामा कलाकारहरूको अधिवेशन सम्पन्न,अध्यक्षमा लोक गायिका निशा सुनार निर्विरोध
उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरूको संस्था नेपाली अमेरिकन कलाकार सङ्घको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ। न्यूयोर्कको क्विन्समा गत सेप्टेम्बर ६ का दिन सम्पन्न भएको महाधिवेशनले आगामी नयाँ कार्यसमिति चयन गरेको छ । न्यूयोर्कमा सम्पन्न संघकोअधिबशनबाट निशा सुनार अध्यक्षमा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी हुन् | यो कार्य समितिको कार्यकाल २ वर्षको रहने समितिले जनाएको छ ।
१७ सदस्यीय कार्यसमितिमा प्रमुख संरक्षक अभय ढुङ्गेल सहित सम्पूर्ण पदमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । ३ जनाको निर्वाचन समिति रहेको निर्वाचन समितिमा समाजसेवी जिपिके फ़ाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे , तमु परिवारका अध्यक्ष मनिता गुरुङ, समाजसेवी विष्णु राना मगर थिए ।
निर्वाचन प्रमुख सोमनाथ घिमिरेले सम्पूर्ण पदको लागी उम्मेदवारी दर्ता गर्न ३० मिनेट र उम्मेदवारी दिन र फिर्ता गर्न दिइएको समय ५ मिनेटको समयमा सबै पदहरूको लागी पद सङ्ख्या बराबर मात्रा उम्मेदवारी परेको हुँदा उम्मेदवारी दिनुहुने सबैजना निर्विरोध विजयी भएको घोषणा गरेका थिए ।
नव निर्वाचित कार्यसमितिमा अध्यक्ष-निशा सुनार, वरिष्ठ उपाध्यक्ष-बसन्ती राई , उपाध्यक्ष-बिमल डाँगी, उपाध्यक्ष-बिक्की पुलामी मगर,उपाध्यक्ष राजेन्द्र राई, उपाध्यक्ष ईत्ना कार्की, महासचिव-संगीता थापा मगर, सचिव-मधुर गिरी, कोषाध्यक्षमा पुष्कर बराल सह-कोषाध्यक्ष-पूजा न्यौपाने, र समितिको बोर्ड सदस्यहरूमा नविन श्रेष्ठ ,चिनिया लाल श्रेष्ठ , बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, माया राई रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण