एमाले विभाजन भएको होइन, सर्पले काँचुली फेरेजस्तै हो : विष्णु पौडेल
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले दाजुभाइको लडाईमा आमालाई बन्चरो हानेजस्तै माधवकुमार नेपालले नेकपा एमालेमाथि प्रहार गरेको आरोप लगाएका छन् । बुधबार बुटवलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले जुन पार्टीबाट पद, प्रतिष्ठा पाएको छ, त्यसलाई नै माधवकुमार नेपालले बन्चरो हान्ने काम गरेको टिप्पणी गरे ।
उनले पार्टी विभाजनलाई ‘पानीका फोका’सँग तुलना गरे । उनले भने, ‘विभाजन भएको होइन, यो त पानीको फोकाजस्तै हो, धेरै दिन टिक्दैन ।’ लुम्बिनीमा एमाले विभाजित नभएको दाबी गर्दै उनले नेकपा एकीकृत समाजवादीमा गएकाहरुलाई पनि एमालेमै फर्कन आग्रह गरे ।
सर्पले काँचुली फेरेजस्तै एमालेभित्र पनि अग्रगामी काम रोक्ने व्यक्तिहरु पार्टीको मूल प्रवाहबाट अलग्गिएको पौडेलको भनाइ छ । फरक प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) संसदमा टेबल भएपछि एमालेले त्यसबारे औपचारिक निर्णय गर्ने पनि प्रस्ट पारे । सरकारमा रहेका दलहरुबीच नै एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा एमसीसीबारे कुनै समस्या नरहेको दाबी गरे ।
आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै पौडेलले आपत्ति जनाए । सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको उनको आरोप थियो । उनले आफूले ल्याएको बजेटलाई सबै क्षेत्रले स्वागत गरेको उल्लेख गर्दै हाल सरकारले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउन खोज्नुको औचित्यमाथि प्रश्न गरेका छन् । उनले के कारण आफूले ल्याएको बजेट फेर्न खोजिएको हो भन्ने पनि प्रस्ट पार्न सरकारलाई आग्रह गरे ।
बजेटको विषयमा सडक बहस गर्न आफू तयार रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण