प्रधानमन्त्री भन्छन् : लक्ष्य त तोक्यौँ, तर लगानी अभाव भयो
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निम्ति विभिन्न लक्ष्य तोकिएको, तर लगानी अभाव भएको बताएका छन् । लगानी बोर्ड नेपाल (आईबीएन) को १० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
‘राजनीतिक स्थायित्व प्राप्त भएसँगै हामी आर्थिक वृद्धि र समृद्धिको यात्रातर्फ अघि बढेका छौँ, नेपालले सन् २०२३÷२४ सम्म अल्पविकसित मुलुकबाट विकाशील मुलुकमा र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्य निर्धारण गरेको छ, सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न चाहेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यी लक्ष्य भेट्न हामीलाई पर्याप्त लगानी आवश्यक छ । तर, अहिले वार्षिक रूपमा नेपालमा ६ अर्ब डलर (७ खर्ब २० अर्ब रुपैयाँ) वित्तीय रिक्तता (फिस्कल ग्याप) छ ।’
सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा निजी क्षेत्रको लगानी आवश्यक छ भन्ने महसुस गरेको र यस्ता परियोजना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत अघि बढाउन उपयुक्त रहेको देउवाले उल्लेख गरे ।
पीपीपी विधिबाट लगानी बढाउन आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको बताउँदै देउवाले लगानीकर्तालाई ठूला पूर्वाधार परियोजनामा आकर्षित गर्न र लगानी जुटाउन लगानी बोर्डलाई प्रमुख निकाय तोकिएको जनाए ।
‘१० वर्षमा बोर्डले परिवर्तनकारी परियोजनामा लगिानी वातावरण सहजीकरण गरी नेपालको आर्थिक समृद्धिमा योगदान दिएको छ । लगानी ढाँचालाई क्रान्तिकारी बनाउन नीतिगत बहसमार्फत पनि योगदान दिएको छ,’ देउवाले भने,
‘बोर्डले प्रत्यक्ष वैदेशिक लगानीमा देखिएका अवरोधहरूलाई चिर्न, सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गराएर लगानीमा सहजीकरण गराएको छ ।’ प्रधानमन्त्री देउवा हाल लगानी बोर्डका अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
