ओरियन्टल होटलका सेयरधनीको हात खाली
बिहीबार, २४ भदौ २०७८, १३ : ३७
ओरियन्टल होटलले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्ष २०७७/७८ को लाभांश नदिने भएको छ । कम्पनीले असोज १९ गतेलाई आफ्नो साधारण सभा बोलाउँदै लाभांश वितरण नहुने बताएको हो ।
उक्त मितिमा कम्पनीको रजिस्टर्ड कार्यालय लाजिम्पाटमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न हुने छ । २४ औं वार्षिक साधारण सभाको अवसरमा कम्पनीको सेयरमा लगानी गरेका लगानीकर्ताको हात भने खाली हुने भएको छ ।
हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६० रुपैयाँमा कारोबार भइरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा