हिमाल आरोहणबाट दश दिनमै २ करोड २८ लाख राजस्व संकलन
पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै विभागले उक्त राजस्व संकलन गरेको हो । विभागले यही भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् ।
यीमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणको अनुमति बापत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसपछि धौलागिरी हिमालको आरोहण शूल्कबापत ४२ लाख, कञ्चनजंगा आरोहण शूल्क बापत ३ लाख र मरियाङ आरोहण शूल्कबापत करिब २ लाख रुपैयाँ संकलन भएको विभागले जानकारी दिएको छ ।
नेपालमा कोरोना संक्रमणको दर कम भएसँगै पर्वतीय पर्यटकहरुको संख्या पनि बढ्दै गएको छ । पछिल्लो १ महिनाको अवधिमा हिमाल आरोहणको अनुमति लिने पर्यटक बढेसँगै पर्वतीय पर्यटन सुरु भएको हो । यो महिना मनास्लु हिमाल आरोहणका लागि मात्र १८६ आरोहीले अनुमति लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण