शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाल आरोहणबाट दश दिनमै २ करोड २८ लाख राजस्व संकलन

शनिबार, २६ भदौ २०७८, २० : ३३
शनिबार, २६ भदौ २०७८

पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै विभागले उक्त राजस्व संकलन गरेको हो । विभागले यही भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । 

यीमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणको अनुमति बापत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसपछि धौलागिरी हिमालको आरोहण शूल्कबापत ४२ लाख, कञ्चनजंगा आरोहण शूल्क बापत ३ लाख र मरियाङ आरोहण शूल्कबापत करिब २ लाख रुपैयाँ संकलन भएको विभागले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमणको दर कम भएसँगै पर्वतीय पर्यटकहरुको संख्या पनि बढ्दै गएको छ । पछिल्लो १ महिनाको अवधिमा हिमाल आरोहणको अनुमति लिने पर्यटक बढेसँगै पर्वतीय पर्यटन सुरु भएको हो । यो महिना मनास्लु हिमाल आरोहणका लागि मात्र १८६ आरोहीले अनुमति लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप