अमेरिकाको ल्याक्सिङटनमा सुदूरपश्चिम समाज गठन
सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्द्धनका लागि अमेरिकाको केन्टकी राज्यस्थित ल्याक्सिङटन सहरमा रहेका सुदूर पश्चिमका नेपालीहरू एकीकृत भएका छन् । उनीहरूले श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदूर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अवसर पारेर ल्याक्सिङटमा भएका सुदूर पश्चिमका नेपालीहरूले यो समाज गठन गरेका हुन् ।
श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा गठित सुदूर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चूडामणि अवस्थी, महिला उपाध्यक्षमा रेखा जोशी, सचिवमा मानबहादुर शाह (मानव), सह सचिवमा गोविन्द अवस्थी , कोषाध्यक्षमा विनोद पन्त रहेका छन् । यस्तै सो समाजको कार्यसमिति सदस्यहरूमा प्रकाश पाण्डेय, नीराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् ।
समाजले त्यहाँ गौरा पर्व मनाउनुका साथै एउटा देउडा गीत रेकर्ड गराएर चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा म्युजिक भिडियो समेत छायाङ्कन गरेको छ । अब यो समाजले सुदूर पश्चिमबाट अमेरिका गएकाहरूलाई एकीकृत गरेर सुदूर पश्चिमको भाषा, संस्कृत, गीत सङ्गीतको प्रवर्धन गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण