शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टिकेन सेयर बजारको सुधार, आज १८ अंकले घट्यो

मङ्गलबार, २९ भदौ २०७८, १५ : २५
मङ्गलबार, २९ भदौ २०७८

दुई दिन सुधार आएपछि फेरी सेयर बजार ओरालो लाग्न थालेको छ । साताको पहिलो दिन आइतबार ७१ र हिजो सोमबार सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज घटेको हो । 

कारोबार सुरु हुँदा बढेपनि अन्त्यमा १८ अंकले घटेर नेप्से परिसूचक २९ सय २९ अंकमा आइपुगेको छ । यसक्रममा आज १ करोड ६ लाख कित्ता सेयर किनबेच भइ ५ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजार घटेको दिन कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २७७ अंक, जीवन बीमा समूह १४४ अंक र उत्पादनमूलक समूहमा ६७ अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक घटेपनि आज मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ । लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दा सानिमाको सेयर मूल्य ९ प्रतिशतले बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप