शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाले संविधान दिवसका दिन विरोध कार्यक्रम गर्ने

बुधबार, ३० भदौ २०७८, २० : ४३
बुधबार, ३० भदौ २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते विरुद्ध कार्यक्रम गर्ने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले असोज ३ गते जारी भएको संविधान जारी भएको दिनमा विरोध कार्यक्रम गर्न जिल्लास्थित पार्टीलाई सर्कुलर जारी गरेका हुन् । 

संविधानमा आफ्ना असहमति राखेर लोसपाले सङ्घर्ष गर्दै आइरहेको छ । सङ्घर्षको क्रममा कैयौँले सहादत प्राप्त गरेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले अपूर्ण रहेको संविधानमा संशोधन गरी आफ्ना माग मुद्दाहरू सम्बोधन गर्न प्रत्येक वर्ष विरोध कार्यक्रम गर्दै आएको बताएका छन् ।

असोज ३ का दिन आआफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरूमा कोभिड–१९ लाई मध्यनजर गर्दै आफूलाई अनुकूल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचार गोष्ठी, ब्ल्याक आउट जस्ता कार्यक्रम आयोजना गरी असोज ३ गतेलाई विरोध गर्न उनले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप