शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन

शुक्रबार, ०१ असोज २०७८, १७ : ४१
शुक्रबार, ०१ असोज २०७८

नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।  

कांग्रेस (बीपी) को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ । विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ । 

विशेष महाधिवेशन सम्पन्नपछि चयन भएका पार्टी सभापति शेरचनले कांग्रेस (बीपी) ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विसं २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप