शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पक्राउ

मङ्गलबार, ०५ असोज २०७८, १८ : ४६
मङ्गलबार, ०५ असोज २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाइ विदेशी मुद्रा अवैध रुपमा बाहिरी मूलक लैजान खोज्ने दुई जना पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडान नं. RA 229 द्वारा काठमाण्डौँबाट दुबई जान लागेका गुल्मी छत्रकोट गा.पा.वडा नं. ४ का ३९ वर्षीय तुलसीराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।

ब्यागेज चेकिङ एरियामा प्रहरीले चेकजाँच गर्ने क्रममा कँडेलको लगेजभित्र साउदी रियाल पचास हजार, दुबई दिराम तीन सय असी र नेपाली रुपैयाँ सोह्र हजार प्रहरीले बरामद गरेको थियो । उनलाई सोधपुछ गर्दा सो मुद्राहरु गुल्मीका ३८ वर्षीय केशबराज कँडेलले दिइ पठाएको बयान दिएका थिए । केशबराजलाई पनि प्रहरीले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष बाहिरपट्टिको एरियाबाट नियन्त्रणमा लिएको थियो ।  दुवैलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि बरामदसहित राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप