जापानमा २०२२ को सुरुदेखि खोपको तेस्रो मात्रा दिइने
जापानमा आगामी बर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ । जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिएको जानकारीअनुसार कोरोनाभाइरसबाट थप सुरक्षाका लागि थप मात्राको खोप लगाउने तयारी भएको हो ।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले थप मात्राको खोप लगाउने बारेमा अघिल्लो हप्ता नै निर्णय गरेको पनि उनले जानकारी दिए । दोस्रो खोप लगाएको आठ महिनापछि थप मात्राको रुपमा तेस्रो खोप लगाउन सकिने व्यवस्था गरिने भएको हो । थप मात्राको खोप लगाएपछि शरिरमा एन्टी वडीको मात्रा पनि बढ्ने चिकित्सकहरुले बताएका छन् ।
थप मात्राको खोप आगामी सन् २०२२ को फेब्रुअरीदेखि लगाउन थालिने र सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाइने पनि उनले बताए । त्यसैगरी ६५ बर्षभन्दा बढी उमेरका बृद्ध बृद्धाहरुलाई पनि थप खोपका लागि उच्च प्राथमिकताको सूचीमा राखिने भएको छ ।
आगामी बर्षभरीमा सवै स्वास्थ्यकर्मीहरुले थप मात्राको खोप लगाउन पाइसक्ने मन्त्री कोनोले पत्रकार सम्मेलनमा विश्वास व्यक्त गरे । उनले थप मात्राको खोप अर्को बर्ष उपलब्ध गराउनका लागि अहिलेदेखि नै आवश्यक तयारी गर्न निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी