सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने
धरानमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही असोज १० गते देखि १२ गते सम्म चल्ने आयोजकले बुधवार पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित उपविजेताले पचपन्न हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्र राईले जानकारी गराए । त्यस्तै गरी उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने राईले जनाए ।
प्रतियोगितामा धरान, इटहरी , काठमाडौँ, पोखरा, चितवन, मोरङ, झापा, धनकुटा, लगायत वाट करिब ३० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिता वाट उठेको रकमले धरान १३ नं वडामा रहेको पेट्रोल पम्पदेखि भेडेटार सम्मको ट्रनिङहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त घुम्ती तथा चोकहरु गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने र धरान १७ विजुवा मार्ग स्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी