सटर फुटाएर मोवाइल चोरेको आरोपमा २ जना पक्राउ
बिहीबार, ०७ असोज २०७८, १३ : ३५
सटर फुटाएर मोवाइल चोरेको आरोपमा प्रहरीले बर्दियाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भएका ३० वर्षीय इस्लाम दिन र बाँकेको डुडुवा गाउँपालिका घर भएका ४० वर्षीय मुसा कुरेसी छन् ।
असोज ६ मा राति २ बजे उनीहरुले बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारमा रहेको क्रितिसा इलेक्ट्रिकल पसलको सटर फुटाएर मोवाइल चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
मोवाइल चोरेर भाग्दै गरेको अवस्थामा इस्लाम दिनलाई प्रहरीले घटनास्थलबाट पक्रेको थियो । चोरीमा संलग्न मुसा कुरेसीलाई बढैयाताल गाउँपालिकाको भोलागौडी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । अरोपीहरुको साथबाट प्रहरीले चारवटा मोवाइल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
-
महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा
-
राष्ट्रपतिका आर्थिक विज्ञको अभिव्यक्तिले शीतल निवासमा हलचल