अनेसास कविता महोत्सवमा शरद पोखरेल प्रथम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको अनेसास कविता प्रतियोगितामा जापानका शरद पोखरेलको कविता प्रथम भएको छ । प्रतियोगी ३०१ कविको कवितालाई पछि पार्दै पोखरेको 'एउटा चराको सुसाइड नोट' शीर्षकको कविता प्रथम भएको हो ।
यसैगरी नेपालका कवि शुभचन्द्र राईको कविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का , अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईका कविता तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले ५ सय अमेरिकी डलर, द्वितीय हुनेले ३ सय डलर र तृतीय हुनेले जनही दुई–दुई सय डलर नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।
वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा वाचनका लागि चयन भएका ३५ मध्ये ३२ जना कविले कविता वाचन गरेका थिए । कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन् भने डा. गोविन्दसिंह रावतले राष्ट्रकवि घिमिरेको बारेमा मन्तव्य राखेका थिए ।
अनेसासको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायकत्रय प्राडा सावित्री मल्ल कक्षपति, डा. राम्जी तिमल्सिना र साहित्यकार सुरेन्द्र अस्तफलले कविताको मूल्याङ्कनका बारेमा प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान र इरानबाट २ हजारभन्दा बढी अफगान आप्रवासी फिर्ता
-
आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना छ : श्रममन्त्री अर्याल
-
विश्वकप अगाडि सबैलाई अवसर दिइयो : कप्तान पौडेल
-
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
-
‘मधेसवादी दलले एजेन्डा, माओवादीले विचार छाड्यो, दुवै एक साथ कमजोर भए’
-
बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति