गदर–२ मा देखिँदैछन् सन्नी देओल
सन्नी देओलको करियरकै सबैभन्दा हिट फिल्म ‘गदरः एक प्रेम कथा’ सन् २००१ मा रिलिज भएको थियो । यो फिल्मलाई अनिल शर्माले निर्देशन गरेका थिए । अनिल र देओल परिवारबीच पारिवारीक सम्बन्ध छ । अनिलले सन्नीका बाबु धमेन्द्रलाई मुख्य भूमिकामा राखेर हुकुमत, ऐलान–ए–जंग, फरिस्तेलगायत फिल्म बनाइसकेका छन् । र, अहिले फेरि सन्नी देओललाई नै लिएर गदर फिल्मको सिक्वेल बनाउने योजनामा जुटेका छन् ।
२० वर्षअघि रिलिज हुनासाथ गदरले बक्स अफिसमा धमाका पिटेको थियो । पछिल्ला २० वर्षमा कुनै पनि फिल्मको टिकट त्यति धेरै बिकेन, जति गदरको बिकेको थियो । पिके र बाहुबलीजस्ता हिट फिल्मको टिकट बिक्री पनि गदरभन्दा कम छ ।
गदर २ मा अनिलका छोरा पनि
गदर २ मा सनी देओलमात्रै नभएर अनिल शर्माका छोरा उत्कर्ष शर्मा पनि हुनेछन् । गदर फिल्ममा उनी सन्नी देओलको छोराको भूमिकामा थिए । यसअघि जिनियस नामक फिल्ममा उत्कर्ष मुख्य भूमिकामा देखिएका थिए, तर यो फिल्म फ्लप भयो । त्यहीकारण अनिलले आफ्नो छोरालाई अर्को मौका उपलब्ध गराउन चाहेका छन् । स्रोतका अनुसार गदर २ को स्क्रिप्ट पुरै फाइनल भइसकेको छ । उत्कृष्ट कथा भेटिएमा गदरको सिक्वेल बनाउने प्रतिक्रिया यसअघि नै अनिलले दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
-
बाँकेमा खेतका फाँट धुलाम्मे
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
२७ टोलीलाई पछि पार्दै ‘द इभिल्स’ बन्यो पर्यटन ह्याकाथनको विजेता
-
साउदी अरबमा अरामको कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण