वाग्लाका एमाले कार्यकर्ता माओवादीमा प्रवेश
शनिवार गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लामा नेकपा एमालेका कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस गाउँपालिका अध्यक्ष तथा सो माओवादी केन्द्रका युवा नेता भुपाल पोखरेलले ७२ जना अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए । त्यस मध्ये दुई चार जना मात्रै नेपाली काङ्ग्रेसबाट पार्टी प्रवेश गरेको अरू सबै नेकपा एमाले परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए ।
उनका अनुसार नेकपा एमाले निकट अनेम संघकी जिल्ला कमिटी सदस्य वासुका घिमिरे, गाउँ कमिटी स्तरका एमाले कार्यकर्ता वासुदेव घिमिरे लगायत प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले छँदा छँदैको दुई तिहाइ बहुमत भएको नेकपा फुटाएको , दुई दुई पटक सांसद विगठन गरेर लोकतन्त्र खोस्न खोजेको र आफ्नै एमाले पार्टी जोगाउन नसकेर फुटाएको आरोप लगाउँदै उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । यता नेकपा एमाले धुर्कोट गाउँ कमिटी अध्यक्ष कृष्ण घिमिरेले वासुदेव घिमिरे एमाले कार्यकर्ता भएको तर अरूलाई आफूले नचिनेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा