शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेनोको शुभ कार–रम्भ, ३ लाखसम्मको छुट

आइतबार, १० असोज २०७८, १९ : ३८
आइतबार, १० असोज २०७८

काठमाडौं । नेपालमा रेनो गाडीहरूको अधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले आफ्नो विशेष चाडपर्व योजना ‘रेनो शुभ कार–रम्भ’ सार्वजनिक गरेको छ । ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ सँगै यो योजना आएको हो ।

रेनोको कुनैपनि गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्मको वारेन्टी जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरूमा उपलब्ध रहने पनि कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप