टिपर र मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु
आइतबार, १० असोज २०७८, २२ : ३०
जनकपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार जनकपुरधाम स्थित पिडारी चोकमा भएको दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय आनन्द किशोर दासको मृत्यु भएको हो । चालक दासले चलाएको मोटरसाइकल गोलम्बर नजिक सोही दिशाबाट आइरहेको ना ७ ख ४७४१ नम्बरको ट्रिपर मुनी छिरेको धनुषा प्रहरीले जनाएको छ ।
मृतक दासको ठेगाना भने नखुलेको धनुषाका प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए । मोटरसाइकल उल्टो साइडबाट जान खोज्दा ट्रिपरभित्र पसेको रानाभाटले बताए । घटनापश्चात आक्रोशित स्थानीय भीडले टिपरमा आगजनी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल