शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा आज र भोलि भेरोसेल खोप लगाइने

सोमबार, ११ असोज २०७८, ०६ : ४३
सोमबार, ११ असोज २०७८

धरानमा असोज ११ र १२ गते कोरोना विरुद्धको पहिलो मात्रा चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार भेरोसेल खोपको पहिलो मात्रा ४५ वर्ष देखि माथिकालाई लगाइने भएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले असोज ११ गते वडा नं. १ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. २ सिंहदेवि मन्दिर, वडा नं. ३ भानु स्मृति मावि, वडा नं. ४ पुरानो ४ नम्बर वडा कार्यालय, वडा नं. ५ पाँचकन्या स्वास्थ्य चौकी, वडा नं. ६ रेडक्रस भवन पानवारी, वडा नं. ७ सिद्धि नेवा परिषद भवन, वडा नं. ८ वडा कार्यालय, वडा नं. ९ समिट स्कुल, वडा नं. १० किरात राई यायोख्खा भवनमा भेरोसेल खोप लगाइने जानकारी दिए । असोज १२ गते वडा नं. ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. १२ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. १३ आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. १४ दन्तकाली मावि विजयपुर, वडा नं. १५ पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, वडा नं. १६ शारदा बालिका मावि, वडा नं. १७ पञ्चकन्या मावि रेल्वे, वडा नं. १८ वडा कार्यालय, वडा नं. १९ वडा कार्यालय, वडा नं. २० विष्णुपादुका स्वास्थ्य चौकीमा लगाइने उनले बताए । खोप लगाउन आउँदा आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउन पनि धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप