शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा सङ्गठन विस्तार गर्दै नेकपा माओवादी केन्द्र

सोमबार, ११ असोज २०७८, १० : १६
सोमबार, ११ असोज २०७८

सुर्खेतमा नेकपा माओवादी केन्द्रले सङ्गठन विस्तार लगायतका गतिविधि बढाएको छ । नेकपा विभाजनपछि पार्टीको निर्देशन अनुसार पार्टी कार्यालय विस्तार, सदस्यता नवीकरणजस्ता गतिविधिहरू माओवादी केन्द्रले अगाडि बढाएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका ७ वटा वडामा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्र वीरेन्द्रनगरका इञ्चार्ज दानसिंह सुनारका अनुसार वीरेन्द्रनगरका १, ३, ५, ६, ७, १२, र १४ वडामा पार्टीका वडा कार्यालय स्थापना गरिएको छ । अन्य वडा तहमा पनि कार्यालय विस्तारको काम भइरहेको उनले बताए ।

वीरेन्द्रनगरमा पार्टीका ८ सयभन्दा बढी सदस्यको सदस्यता नवीकरण गरिएको पनि उनले बताए । ‘वीरेन्द्रनगरमा हाम्रो पार्टीको एक हजार ४ सय बढी सदस्यता नवीकरण गरिने अनुमान गरिएको छ । २० गतेसम्म वडा तहको सम्मेलन गरिसक्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘पार्टीभित्र ६ महिना देखि एक वर्षसम्मको अवधिमा साधारण सदस्यता लिएकाहरूको पनि नवीकरण गरिएको छ ।’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर (सुदिप) मल्लले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो नम्बरको पार्टी बन्ने बताए । ‘अब एमाले दुई टुक्रा भइसकेको छ, काँग्रेसभित्र पनि आन्तरिक कलह छ,’ उनले भने, ‘त्यसैले माओवादी केन्द्र नै पहिलो पार्टी बन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप