शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टीयूभी राइनल्यान्ड सर्टिफीकेट प्राप्त पहिलो फोन सी२१वाई नेपाली बजारमा

सोमबार, ११ असोज २०७८, १३ : ४१
सोमबार, ११ असोज २०७८

काठमाडौं । रियलमीले टीयूभी राइनल्यान्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी२१वाई सार्वजनिक गरेको छ । 

रियलमीले उत्कृष्ट फिचरका साथ सी२१वाई स्मार्टफोन ल्याएको हो । यसमा ६.५ इन्च सुपर नाइट स्केपसहित तीनवटा क्यामेरा रहेका छन् । यसैगरी एचडी प्लस मिनी ड्रप फुल स्क्रिन, १२ एनएम ओक्टाकोर प्रोसेसर र ५ हजार एमएएच् ब्याट्री पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफिकेट

टीयूभी राइनल्यान्डले व्यवसाय, सुरक्षा र गुणस्तरमा केन्द्रित छ । सन् २००६ मा टीयूभी राइनल्यान्ड दीगो पनको प्रवर्धन र भ्रष्टाचारविरुद्धको लडाइका लागि संयुक्त राज्य वैश्विक उत्पादनको सदस्य बनेको थियो । 

सुपर नाइटस्केप मोडसहितको एआई त्रिपल क्यामेरा

रियलमी सी२१वाईमा १३ मेगापिक्सलको प्राथमिक क्यामेरा छ जसले चार गुणासम्म जुम गर्न सक्नुका साथै पीडीएफ अटोफोकसको पनि समर्थन गर्ने कम्पनीले जनाएको छ । यो क्यामेराले दिनको उज्यालोमा मात्रै नभएर मधुरो र अँध्यारो वातावरणमा पनि चम्किलो, कलरपूर्ण र स्पष्ट फोटो खिच्न सक्ने कम्पनीले जनाएको छ । 

६.५ इन्च एचडी प्लस मिनी ड्रप फुल स्क्रिन

रियलमीमा ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुल स्क्रिन रहेको छ । जुन स्क्रिनदेखि बडीसम्मको अनुपात ८९.५ प्रतिशत बढी हुनुका साथै स्लेन्डर अनुपात २०ः९ रहेको छ । जसका कारण यो सामाजिक सञ्जाल चलाउन तथा स्क्रोल गर्न पनि धेरै सहज र उत्कृष्ट रहेको कम्पनीको दावी छ ।

शक्तिशाली गेमिङ सफ्टवेयरका लागि अक्टा–कोर १२ एनएम प्रोसेस

इन्टेरियरमा युनीसोक टी६१० प्रोसेसरका साथ रियलमी सी२१वाई यो सेग्मेन्टकै बलियो स्मार्टफोनका रुपमा आएको छ । युनिसोक टी६१० एक अक्टाकोर १२ एनएम प्रोसेसर हो, जुन १.८ गीगाहर्जसम्म छ । सीपीयु १.८ गेजाहर्जमा ए७५एस र १.८ गीगाहर्जमा ६ पावर सेभिङ ए५५ कोर गरी दुई उत्कृष्ट प्रदर्शनीले यस स्मार्टफोन उत्कृष्ट भएको कम्पनीको दावी छ ।

अल्ट्रा फास्ट फिङ्गगर प्रिन्ट अनलक

रियलमी सी२१वाई अल्ट्रा फास्ट फिङ्गर प्रिन्ट अनलक समर्थन गर्दछ, जुन सेकेन्डमै अनलक हुनसक्छ भने फेस रिकग्नेसन अनलक पनि यसले समर्थन गर्दछ । जसकारण एकैपटक छुने बित्तिकै सुरक्षित माध्यमद्वारा अनलक हुन्छ । फिङ्गगरप्रिन्ट र फेस रिकग्नाइज सुविधा भएकाले जोकोहीले फोन अनलक गर्न सक्दैन र तपाईँको फोनमा भएका डाटा सुरक्षित रहन्छन् ।

यसैगरी, रियलमी सी२१वाईमा ३ कार्ड स्लट छन्, जसमा डबल सीम राख्न सक्नुका साथै र एउटा २५६ जीबीसम्मको एसडी कार्ड राखेर मेमोरी दायरा बढाउन सकिन्छ । यो नीलो र कालो गरी दुई कलरमा उपलब्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप