निम्बसद्वारा अन्न, बीज र दाललाई किरा लाग्नबाट बचाउने ‘नो–किरा बोरा’ को उत्पादन शुरु
काठमाडौं । बजार परिक्षणमा रहेको निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन शुरु गरेको छ ।
अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक उच्च प्रविधि हो । साना तथा मझौला किसान र व्यापारीहरूलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम नहुने कम्पनीले दावी गरेको छ ।
नो–किरा बोराले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरा रहित भण्डारण गर्ने सुविधा दिन्छ । यस झोलाको हरेक रेसामा रहेको कीटनाशकले किरा लाग्नबाट जोगाउँछ र उत्पादनको प्रभावकारिता वृद्धि गर्छ ।
यस झोला बनाउन प्रयोग गरिएको कच्चा पदार्थ विश्व खाद्य संगठन र विश्व स्वास्थ्य संगठन मान्यता प्राप्त हो । यसलाई कोडेक्स, अमेरिका र युरोपियन युनियनले खाद्य सुरक्षा भित्र वर्गीकृत गरेको कम्पनीले जनाएको छ । यो झोला चाडै नै २५, ३५ र ५० किलोमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै