बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव : एमालेमा अराजकता र गुटबन्दी छ (पूर्ण पाठ)

शुक्रबार, १५ असोज २०७८, १७ : ४९
शुक्रबार, १५ असोज २०७८

नेकपा एमालेको जारी विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले ५२ पृष्ठको संगठनात्मक प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा महासचिव पोखरेलले छलफलका लागि पेस गरेको प्रस्तावमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासका क्रममा जननेता मदन भण्डारीको नेतृत्वमा प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद नै यतिबेलाको सबैभन्दा क्रान्तिकारी विचार भएको बताएका छन् । जनताको बहुदलीय जनवादका आधारमा विकास गरिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू नै एमाले निर्माणका आधार भएको उल्लेख गरेका छन् ।

साथै उनले एमाले कार्यकर्ताहरूमा पछिल्लो समय समयमा कुनै मापदण्डविनै सदस्यता प्रदान गर्ने, पार्टी सदस्यता बापतको शुल्क, लेबी अरू कसैले तिरिदिनुपर्ने घटनाहरू देखिन थालेको तथा प्रत्येक वर्ष नवीकरण हुनुपर्ने सदस्यता नै नवीकरण नभएको पाइएको उल्लेख गरेका छन् ।

​त्यस्तै पोखरेलले संगठनात्मक अराजकता र गुटबन्दीको समस्या रहेको समेत उल्लेख गरेका छन् । ‘पार्टीले योजनाबद्ध रूपमा वैचारिक कामलाई अघि बढाउन नसक्ने हो भने संगठनात्मक अराजकताको समस्या समाधान हुनेछैन । तसर्थ पार्टीले आगामी दिनमा योजनाबद्ध रूपमा संगठनात्मक अराजकता र गुटबन्दीको विरुद्धमा वैचारिक राजनीतिक अभियान सञ्चालन गर्नुपर्दछ’, महासचिव पोखरेलको प्रस्तावमा भनिएको छ ।

हेर्नुहोस् संगठनात्मक प्रस्तावको पूर्ण पाठ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप