बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘जबजको पुँजीवादी बाटोबाट समाजवाद आउँदैन’

ओलीको एकल नेतृत्वका लागि विधान अधिवेशन
शनिबार, १६ असोज २०७८, १९ : २८
शनिबार, १६ असोज २०७८


नेपालको कम्युनिस्ट आन्दोलनमा यसअघि यसरी विधान महाधिवेशन भएको छैन । एमालेले पहिलोपटक यो अधिवेशन गरेको हो । सैद्धान्तिक कार्यक्रम, नीतिगत कार्यक्रम र सांगठनिक नेतृत्व एउटै महाधिवेशनबाट हुने गर्थ्यो । यो विधान महाधिवेशन उनीहरूले आफ्नो आवश्यकताअनुसार गरेका होलान् । अहिले उनीहरूले जुन माहौल सिर्जना गरिरहेका छन्, त्यो एकल व्यक्तिको नेतृत्व स्थापना गर्नेमा केन्द्रित देखिन्छ, जुन कम्युनिस्ट पार्टीको परम्परा पनि हैन । यो जनवादी केन्द्रीयता र सामूहिक नेतृत्वको परिपाटी विपरीत छ ।

एमालेले भनेअनुसार यो उनीहरूको सैद्धान्तिक–राजनीतिक महाधिवेशन हो भने अर्को सांगठनिक महाधिवेशन पनि होला । कस्तो नीति लिएर उनीहरू जाने हुन्, त्यसको लक्षण त अहिले नै देखिएको छ । उनीहरूले जनताको बहुदलीय जनवादलाई कार्यनीतिगत रूपमा नभएर मार्ग निर्देशक सिद्धान्त नै हो भनेर आएका छन् ।

जबजलाई जनवादी क्रान्तिको सिद्धान्त मान्ने र त्यसलाई नै मार्गदर्शक सिद्धान्त मानेर जाने कुरा मार्क्सवादी हुन सक्दैन । तर, अहिले त झन् यही कुरालाई सशक्त ढंगले लैजाने र एकल व्यक्तिको नेतृत्व स्थापित गर्दै जाने ढंगले एमालेको अभियान अघि बढेको छ ।

उनीहरूकै भनाइअनुसार पार्टी, समाज, राज्य सबैलाई लोकतान्त्रिकरण गर्ने जुन कुरा आइरहेको छ, यो संसदीय समाजवाद, प्रजातान्त्रिक समाजवादको बाटो हो । मोही माग्ने, ढुङ्ग्रो लुकाउने किन गरेको ? कम्युनिस्ट मार्क्सवादी भनेर प्रजातान्त्रिक पद्धतिमा जानुचाहिँ राजनीतिकरुपले धेरै ठुलो अन्तर्विरोधयुक्त र इमान बाहिरको कुरा हो । त्यस्तो बाटोमा हिँड्ने हो भने आफ्नो पार्टीको नाम नै ‘डेमोक्रेटिक सोसलिष्ट’ राखे भइहाल्यो । यसो गर्दा जे भन्यो, त्यो काम पनि हुन्छ । अहिले एमालेले गरेको भनेको ‘मार्क्सवादको नाम र पुँजीवादको काम’ हो ।

मार्क्सवादका नाममा पुँजीवादको बाटो

नेकपा एमालेमा मदन भण्डारीले २०४९ सालमा जनताको बहुदलीय जनवाद भन्ने जुन कुरा अघि सार्नुभयो, मैले पहिला पनि भनेको थिएँ, पुँजीवादी प्रजातन्त्रमा, संसदीय शासकीय स्वरूपमा यसलाई एउटा नीतिको रूपमा, कार्यनीतिको रूपमा अपनाउनु पुँजीवादीलाई मार्क्सवादीहरूले हस्तक्षेप गर्नु त ठिकै हो । तर, यसलाई नै नेपाली क्रान्तिको कार्यक्रम मान्ने, यसकै आधारमा समाजवादमा जाने कुरा चाहिँ गैर मार्क्सवादी कुरा हो । यो सम्भव पनि छैन र यो जनतालाई झुक्याउने कुरा हो ।

अहिले संसद्वादी जुन कम्युनिस्ट पार्टीहरू छन्, एउटा त केपी ओली नेतृत्वको एमाले भयो, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र भयो, तेस्रो माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भयो । सबैको मोटामोटी सिद्धान्त उस्तै हो । अलिकति भिन्न ढंगले जान खोजेको जस्तो माओवादी केन्द्रको देखिए पनि पुँजीवादी घेराबाट बाहिर जान सकेका छैनन् । केपी ओलीको मुख्य प्रहारचाहिँ प्रचण्ड र माधवले नेतृत्व गरेका समूहहरु नै पर्छन् ।

जबजलाई जनवादी क्रान्तिको सिद्धान्त मान्ने र त्यसलाई नै मार्गदर्शक सिद्धान्त मानेर जाने कुरा मार्क्सवादी हुन सक्दैन । तर, अहिले त झन् यही कुरालाई सशक्त ढंगले लैजाने र एकल व्यक्तिको नेतृत्व स्थापित गर्दै जाने ढंगले एमालेको अभियान अघि बढेको छ ।

अहिले जुन संविधान आयो, त्यसअनुसार दलहरू अगाडि बढेका छन् । संविधानमा जे–जस्ता विषयहरू राखिएका छन्, निर्वाचन प्रणाली, शासकीय स्वरूप लगायतका कुराहरू यो लोकतन्त्रको रूपमा हैन, धनतन्त्र र लुटतन्त्रका रूपमा परिणत गर्ने काम भएको छ । जोसँग लुटेको धन सम्पत्ति छ, तिनीहरू नै यस किसिमको परिपाटीमा खुट्टा हाल्ने ठाउँमा पुग्ने हुन् । यस्तो परिपाटीमा उनीहरूले सरकारमा गएर जम्मा गरेको अकूत सम्पत्तिलाई त्यसको प्रयोग गरेर उनीहरूले आफ्नो हैसियत बढाउन खोजेको देखिन्छ ।

तर, नेपाली जनताले हिजो भन्ने एकथोक र गर्ने अर्को थोक देखेका छन् । त्यसलाई उनीहरूले यति चाँडै बिर्सने छैनन् र एकल नेतृत्वमा मार्क्सवादीका नाममा पुँजीवादी बाटो हिँडेर सफलता पाउने उद्देश्य राखेका छन्, त्यसमा उनीहरू सफल हुन्छन् भन्ने लाग्दैन ।

केपीको प्रहार प्रचण्ड र माधवमाथि

अहिले संसद्वादी जुन कम्युनिस्ट पार्टीहरू छन्, एउटा त केपी ओली नेतृत्वको एमाले भयो, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र भयो, तेस्रो माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भयो । सबैको मोटामोटी सिद्धान्त उस्तै हो । अलिकति भिन्न ढंगले जान खोजेको जस्तो माओवादी केन्द्रको देखिए पनि पुँजीवादी घेराबाट बाहिर जान सकेका छैनन् । केपी ओलीको मुख्य प्रहारचाहिँ प्रचण्ड र माधवले नेतृत्व गरेका समूहहरु नै पर्छन् ।

उस्तै–उस्तै सिद्धान्त, उस्तै संस्कृति भएको ठाउँमा जसको बढी तामझाम हुन्छ, जसको बढी पैसा हुन्छ, उनीहरूले मान्छे बढी बटुल्न सक्छौँ भन्ने सोचेका छन् । त्यसमा भोट बाँडिँदा सबैलाई नोक्सान हुने हो । अलग– अलग प्रतिस्पर्धामा जाँदाखेरि कमजोर पक्षलाई सबल पक्षले वा पैसा बगाउने पक्षले आफ्नो हात माथि पार्न सक्लान् ।

अहिलेको अवस्थामा हेर्दा माधव र केपीको मात्र प्रतिस्पर्धा हैन, प्रचण्डको मात्र पनि हैन, अरू दलहरूसँगको प्रतिस्पर्धामा एउटा पार्टीले सोचेजस्तो मात्र प्रतिफल हुँदैन ।

ओलीको एकल नेतृत्वका लागि विधान अधिवेशन

अहिले केपी ओली पार्टीलाई आफ्नो एकलौटी पार्ने कोसिसमा गएका छन् । सामूहिक नेतृत्व पनि छैन । एकल नेतृत्व, एकजना मान्छेले जे भन्यो, त्यही चल्ने देखिन्छ । सङ्ख्या ठुलो देखाएर गलतै बाटोमा लगे पनि सही वा गलतको प्रतिफल तत्कालै आउने नभए पनि एमालेले आफ्नो सांगठनिक एकतालाई बलियो बनाउन खोजेको देखिन्छ ।

आगामी निर्वाचनमा एउटा पार्टीले सोचेजस्तो नतिजा आउने म देख्दिनँ । सैद्धान्तिक हिसाबले, आचरणगत हिसाबले, नीतिगत हिसाबले नेकपा एमाले जुन गलत बाटोमा गइरहेको छ, विगतका दिनमा उनीहरूले जति गल्ती गरे, त्यसमा उनीहरू आत्मालोचना देखिएका छैनन् । यस हिसाबले उनीहरूले जनताबाट राम्रो स्वागत पाउलान् जस्तो म देख्दिनँ ।

केपी ओलीको एकल नेतृत्व स्थापित गर्नकै लागि एमालेको यो विधान महाधिवेशन गरेको देखिन्छ । निर्णय लिने कुरामा होस, चाहे नेतृत्व सञ्चालनको कुरामा होस, अनेक तामझामका कुराहरू हुन्, एउटा व्यक्ति वरिपरि संगठनलाई केन्द्रित गर्ने प्रवृत्ति देखिन्छ । त्यो प्रवृत्ति आत्मसाथ गर्दै बहुदलीय पुँजीवादी लोकतान्त्रिक व्यवस्थामा प्रतिस्पर्धामा जाने भइसकेपछि यो संरचना र यो तामझामको उद्देश्य मिल्दैन । बहुदलीय प्रणालीमा एमालेले जुन अभीष्ट राखेको छ, त्यसलाई पूरा गर्न अत्यन्त कठिन देखिन्छ ।

जबजको बाटोबाट वास्तविक समाजवाद सम्भव छैन

अहिले एमालेको समूह बहुदलीय प्रतिस्पर्धाबाट अगाडि जाने भनिरहेको छ । बहुदलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै जनवादी क्रान्तिमा जाने, समाजवादमा जानका लागि तयारी गर्ने, समाजवादी क्रान्ति पूरा गर्ने, साम्यवादी व्यवस्थामा पुग्ने कुरा मनको लहड जस्तो मात्रै हो । समाजको वस्तुगत नियमसँग यो मेल खाँदैन ।

उनीहरूले भन्न मात्रै नसकेको हो, एमाले अहिले संसदीय समाजवाद वा उनीहरूको भाषा अनुसार बहुदलीय समाजवाद । यो भनेको प्रजातान्त्रिक समाजवाद भने पनि भयो । हिजो पुँजीपति वर्गले पुँजीवाद विरोधी लहरलाई रोक्नका लागि पुँजीवादी समाजवादको सिद्धान्त अघि सारेको थियो । एमालेले अहिले अघि सारेको बिचार त्यसैको एउटा रूप हो ।

मार्क्सले भनेका छन्, ‘गर्भवतीलाई सुत्केरी गराउन सुँडेनीको थप बल चाहिएजस्तै पुरानो समाजको गर्भबाट नयाँ समाज जन्माउनका निम्ति जनताको बलको आवश्यकता पर्छ । संसदीय प्रणालीबाट त्यस्तो परिवर्तन हुने अहिले विश्वमा कहीँ पनि त्यस्तो परिस्थिति छैन ।

बहुदलीय जनवादका नाममा उनीहरूले अपनाउन खोजेको पुँजीवादी– समाजवाद अथवा प्रजातान्त्रिक समाजवाद हो । अथवा त्यो बहुदलीय समाजवाद वा संसदीय समाजवाद हो । कम्युनिस्टका नाममा ठुलो जनमत भएका कारणले त्यो जनमतलाई आफ्नो पक्षमा दुरुपयोग गर्नका निम्ति पुँजीवादी धार समाएर मार्क्सवादको दुरुपयोग गरिरहेका छन् । यो उनीहरूको राजनीतिक बेइमानी पनि हो, यस्तो बेइमानी सधैँभरि चल्दैन ।

मार्क्सवादको मर्मबाटै चिप्लिए

अहिले नेपालमा जति पनि कम्युनिस्ट नामधारी पार्टीहरू छन् । तीमध्ये अहिले माधव नेपालले पनि बहुदलीय जनवादलाई रोजेका छन् । यिनीहरू मार्क्सवादको मूल मर्मबाट चिप्लिएका छन् । राजनीतिमा मार्क्सवादले के भन्छ भने सत्ता भनेको वर्गीय हुन्छ । कुनै पनि सत्ता शान्तिपूर्ण रूपमा प्राप्त गर्न चुनावबाट सरकार बदल्न सकिन्छ । तर, सत्ता नै परिवर्तन गर्न मार्क्सवादले के भन्छ भने बल प्रयोग आवश्यक हुन्छ । जसलाई हामीले समाजवाद भनेर चिन्छौँ, सरकार परिवर्तन भन्दा सत्ता परिवर्तन निकै ठुलो कुरा हो । सरकार परिवर्तन बहुदलीय प्रतिस्पर्धाबाट हुन सक्छ । तर, सत्ता परिवर्तन गर्न कुनै न कुनै किसिमको जनताको बल आवश्यक पर्छ ।

मार्क्सले भनेका छन्, ‘गर्भवतीलाई सुत्केरी गराउन सुँडेनीको थप बल चाहिएजस्तै पुरानो समाजको गर्भबाट नयाँ समाज जन्माउनका निम्ति जनताको बलको आवश्यकता पर्छ । संसदीय प्रणालीबाट त्यस्तो परिवर्तन हुने अहिले विश्वमा कहीँ पनि त्यस्तो परिस्थिति छैन ।

उनीहरूले त्यो ढंगले जनताको हित वा सर्वहारा वर्गीय हितलाई गलत व्याख्या गरेर घात गरे । जबजले यसरी नै जनतालाई घात गरेको छ । उनीहरूले भने अनुसारको जबजबाट, पुँजीवादी संसदीय प्रणालीको माध्यमबाट समाजवादमा जान सकिँदैन ।

प्रचण्डले पनि घात गरे

नेपालको कम्युनिस्ट आन्दोलनमा प्रचण्डले पनि घात गरे । उत्पीडित मुलुकमा क्रान्ति गर्ने भन्ने फेरि उत्पीडक मुलुकको साथ समर्थन र मद्दत लिएर मार्क्सवाद विरोधी, माओवाद विरोधी बाटो समाए । उत्पीडक मुलुकको शिकार भइरहने बाटोमा माओवादी गयो । उनीहरूले राष्ट्रियताको कोणबाट प्रचण्डहरूले मार्क्सवादलाई छोडे, घात गरे ।

यता वर्गीय कोणबाट एमालेजनहरुले जनतालाई घात गरे । अहिले माधव नेपालले पनि नेकपा एकीकृत समाजवादी भनेका छन् । कम्युनिस्ट हुन् भने समाजवादी किन लेखिरहनुपर्छ र ? कम्युनिस्ट पार्टी आफैँमा पुँजीवादको विरोधी र समाजवादको पक्षधर हो । उनले पनि हामी बहुदलीय, संसदीय, लोकतान्त्रिक, पुँजीवादी समाजवादी हौँ भन्ने देखाउनका लागि त्यो झण्डा गाडेका हुन् ।

२०२८ सालमा झापा विद्रोह गरेर हामीले पनि माओवादीले भनेजस्तै जनगणतन्त्र ल्याउन खोजेको हो । त्यति बेला हामी विदेशी भूमिमा गएनौँ र विदेशीको सहयोगमा काम गरेनौँ । जनमत सङ्ग्रहपछि शिक्षा पनि पायौँ । सशस्त्र संघर्ष गरेर नेपालमा जनगणतन्त्र ल्याउन राष्ट्रिय, क्षेत्रीय र विश्व परिस्थिति रहेनछ भन्ने बुझ्यौँ ।

प्रचण्डले राष्ट्रियताको विषयमा फरक ढंगले मार्क्सवादको नारा दिएर जनतालाई घात गरे । यता केपी समूहले जबजका नाममा जनतालाई घात गरेका छन् । गल्तीमा भिन्नता भए पनि यी दुवैले मार्क्सवादलाई बिटुलो बनाएका छन् ।

मूल धारमा आएका ठुलो शक्ति भएका कम्युनिस्ट नामधारी पार्टीहरूले आन्दोलनको बाटो बिराएका छन् । माओवादी आन्दोलनले २०५० सालमा जुन कार्यनीति अपनायो, त्यो कार्यनीति १० वर्षपछि पनि लागू हुन सकेन । सशस्त्र संघर्ष गरेर जनगणतन्त्र ल्याउने कार्यनीति अपनाइएको थियो । अहिलेको क्षेत्रीय र विश्व राजनीतिको परिस्थितिमा ढंग नपु-याउँदा उनीहरू त्यहाँसम्म पुग्न सकेनन् । त्यसमा पक्ष–विपक्षमा अरबौँको सम्पत्तिको क्षति भयो । १७ हजार मान्छे मारिए । शान्ति प्रक्रियामा फर्केर आउँदा पनि विदेशीको एजेण्डा बोकेर आउनुप-यो ।

उनीहरूले १० वर्ष प्रयोग गर्दा असफल भएको नीतिलाई राजनीतिक इमानदारिता हुने हो भने त्यो नीति नै गलत थियो भन्ने ठाउँमा पुग्नुपर्ने हो । उनीहरूले हिजोको कार्यनीति गलत भयो भन्दै पुँजीवादी लोकतन्त्र स्वीकार गर्न सकेको भए माओवादी पार्टी त्यति धेरै टुक्रामा फुट्ने थिएन ।

२०२८ सालमा झापा विद्रोह गरेर हामीले पनि माओवादीले भनेजस्तै जनगणतन्त्र ल्याउन खोजेको हो । त्यति बेला हामी विदेशी भूमिमा गएनौँ र विदेशीको सहयोगमा काम गरेनौँ । जनमत सङ्ग्रहपछि शिक्षा पनि पायौँ । सशस्त्र संघर्ष गरेर नेपालमा जनगणतन्त्र ल्याउन राष्ट्रिय, क्षेत्रीय र विश्व परिस्थिति रहेनछ भन्ने बुझ्यौँ ।

२०३७ सालदेखि ०४६ सालसम्म ९ वर्ष नेकपा मालेमा अबको कार्यनीति के हुन्छ भन्नेमा बहस हुन्थ्यो । त्यो बहसमा सबैभन्दा मलाई पीडित बनाइए पनि हामी एकमतले त्यहाँ पुग्यौँ कि हाम्रो लक्ष्य भनेको जनगणतन्त्र हो । तर, निरङ्कुश पञ्चायत व्यवस्था हटाएर बहुदलीय व्यवस्था स्वीकार गरेर आयौँ ।

पछि एमाले अरू–अरू कारणले फुट्यो । तर, कार्यनीतिका कारणले एमाले फुटेको हैन । २०५४ सालमा एमाले फुट्नुको कारण केपी–माधवले गरेको महाकाली राष्ट्रघाती सन्धि थियो । तर, माओवादी भने कार्यनीतिको विवादका कारणले नै फुटेको हो । एमाले समूहमा कार्यनीतिको भने विवाद छैन ।

नेपालको कम्युनिस्ट आन्दोलन दिशाहीन बाटोमा

अहिले माधव नेपालले पनि जबज छोड्न सकेका छैनन् । कम्युनिस्ट नामले जनता झुक्किउन् र जबज धारण गरेपछि विदेशीले पनि यिनीहरू नक्कली कम्युनिस्ट हुन् भनेर बुझ्न सजिलो होस् भनेर जबज अपनाएका हुन् । यसमा चाहे माधव, चाहे केपीको कुरा होस्, एउटै कुरा हो । अहिले पनि उनीहरूको दस्तावेज हेर्ने हो भने समाजवाद, साम्यवाद सबै छ । कम्युनिस्ट आन्दोलनमा हिंसाको जरुरत नै छैन भन्छन् । हाम्रो समाजवाद प्रतिस्पर्धात्मक बहुदलीय समाजवाद हो भन्छन् । केपी, माधव र प्रचण्डको समूहमा लागेर राजनीति गर्नेले पनि यही भन्छन् । यो भनेको पुँजीवादी– समाजवादको कुरा हो ।

प्रचण्डले भन्ने गरेको २१ औँ शताब्दीको जनवादले पनि प्रतिस्पर्धाको कुरा गरेको छ, धेरै दल अटाउने कुरा गरेकै छ । यो पनि जबजकै पहिलो खुट्किलो हो । बहुदलीय र शान्तिपूर्ण बनाउने समाजवाद भनेको पुँजीवादी समाजवाद हो । जसले जे भने पनि त्यो पुँजीवाद नै हो ।

शिक्षा स्वास्थ्यमा जनतालाई कर लगाएर उनीहरूलाई सुविधा दिँदै पुँजीवादलाई टिकाउने यो किसिमको काम गरेर समाजवादको नक्कली स्यालको हुइयाँ मच्चाइरहेका छन् । त्यसकारण संसदीय समाजवाद मार्क्सवादी समाजवादको विपरीत कुरा हो ।

वास्तविक कम्युनिष्टहरुले प्रजातान्त्रिक समाजवादलाई आफ्नो मूल सिद्धान्त मान्नै सक्दैनन्, नक्कली कम्युनिस्टले मात्र त्यसलाई मान्छन् । पुँजीवादीहरूले प्रजातान्त्रिक समाजवादलाई पनि ठिक ढंगले प्रयोग गर्दा हाम्रो जस्तो तेस्रो विश्वका देशहरूमा जनताको पक्षमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायतका क्षेत्रमा धेरै काम गरेका छन् ।

अहिले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीनवटै दलमा मार्क्सवादका नाममा पुँजीवादी, संसदीय समाजवाद हाबी भएको छ । एउटा राष्ट्रिय हितलाई घात गर्ने सिद्धान्त बोक्ने र अर्को वर्गीय हितको घात गर्ने सिद्धान्त बोक्ने कम्युनिस्ट पार्टी अहिले मूलधारमा रहेकाले एक किसिमले नेपालको कम्युनिस्ट आन्दोलन दिशाहीन बाटोमा लागेको स्थितिमा छ ।

(कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीपी मैनाली
सीपी मैनाली
लेखकबाट थप