चार वर्षदेखि ड्रग्स सेवन गरिरहेछन् आर्यन, सोधपुछमा खुलासा
मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा शाहरुख खानका छोरा आर्यन खानलाई आइतबार पक्राउ गरिएको थियो । आर्यन खानलाई लागुऔषध मुद्दामा लगातार सोधपुछ गरिँदै छ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार आर्यन आफ्नो आँसुमाथि नियन्त्रण पाउन सकिरहेका छैनन्, उनी लगातार रोइरहेका छन् ।
आजतकका अनुसार सोधपुछका क्रममा आर्यनले ड्रग्स खाने गरेको कुरा स्वीकार गरेका छन् । स्रोतका अनुसार उनले करिब चार वर्षदेखि लागुऔषध सेवन गरिरहेको स्वीकार गरेका हुन् । स्मरण रहोस्, आइतबार अबेर राती अदालतले यी तीन आरोपीलाई एकदिनको एनसीबी कस्टडीमा पठाएको थियो । एनसीबीले यो मामिलामा अर्का एक संदिग्धलाई हिरासतमा लिएको थियो । उनीहरुलाई आज पक्राउ गरिने सम्भावना छ ।
शाहरुख खानले वरिष्ठ वकिल सतिश मानेशिन्देलाई आफ्नो छोरा आर्यनको प्रतिनिधित्व गर्नका लागि चुनेका छन् । हाई–प्रोफाइल वकिल सतिश मानशिन्दे नारकोटिक्स कन्ट्रोल ब्यूरोद्वारा लगाइएको आरोपविरुद्ध अदालतमा शाहरुख खानका छोराको बचाउ गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
-
बाँकेमा खेतका फाँट धुलाम्मे
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
२७ टोलीलाई पछि पार्दै ‘द इभिल्स’ बन्यो पर्यटन ह्याकाथनको विजेता
-
साउदी अरबमा अरामको कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण