शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूजा र पुष्प मायामा ‘सरर’

सोमबार, १८ असोज २०७८, ११ : १३
सोमबार, १८ असोज २०७८

दसैँ नजिकिँदै  गर्दा योसँग सम्बन्धित गीतहरु रिलिज हुने क्रम बढेको छ  । यस्तैमा गायिका रानी शाक्यले दशैँ, तिहार गीत ‘सरर’ ल्याएकी छन् । गीतकार राजेश शाक्यको शब्द, कल्याण सिंहको संगीत रहेको गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । भिडियोमा अभिनेत्री पुजा शर्मा र अभिनेता पुष्प खड्काको अभिनय देख्न सकिन्छ ।

ज्ञानेन्द्र शर्माले छायाँकन, विजयराज भुर्तेलको सम्पादन रहेको भिडियो देव धिमालले निर्देशन गरेका हुन् । पछिल्लो समय अमेरिकाको मेरिल्याण्ड निवासी गायिका शाक्यका ५ दर्जन बढी गीतहरु बजारमा आएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप