शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५२ वर्षमा ‘गुलाम’ का निर्देशकले गरे गोप्य विवाह, २३ वर्ष अघि यसकारण जेठी श्रीमतीले गरेकी थिइन् डिभोर्स

बिहीबार, २१ असोज २०७८, १२ : १०
बिहीबार, २१ असोज २०७८

२३ वर्ष अघि सन् १९९८ मा रिलिज भएको आमिर खानको फिल्म ‘गुलाम’ का निर्देशक विक्रम भट्टले ५२ वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । रिपोर्टका अनुसार विक्रमले सन् २०२० मा नै विवाह गरेका थिए तर एक वर्षसम्म उनीहरुले आफ्नो विवाहको कुरा लुकाएर राखे । विवाहको कुरा विक्रम भट्टका निकै नजिकका मानिसहरुलाई मात्रै थाहा छ । स्मरण रहोस्, विक्रम भट्टले श्वेताम्बरी सोनीसँग अघिल्लो वर्ष गोप्य रुपमा विवाह गरेका थिए । बुधबार श्रीमतीको जन्मदिनमा श्वेताम्बरीलाई शुभकामना दिँदै उनले पोस्ट सेयर गरेका छन् ।

विक्रम भट्टले आफ्नो पोस्टमा लेखे, ‘तिमीले मलाई पूर्ण रुपमा फेरिदिएकी छौ र तिमीले नै मलाई जीवन के हो भनेर सिकाएकी छौ । तिमी एक्ली व्यक्ति हौ जसले मेरो मन चोरेको छ । तिमीलाई देखाउन सक्ने म सबैकुरा गर्न चाहन्छु । जन्मदिनको शुभकामना मेरी मायालु ।’

स्मरण रहोस्, विक्रम भट्टले हिना खानको फिल्म ‘ह्याक्ड’ निर्देशन गरेका थिए । यो फिल्म सन् २०२० मा रिलिज भएकामे थियो । यद्यपि, फिल्मले खासै सफलता हात पार्न सकेन । विक्रम भट्टको गोप्य विवाहमा महेश भट्टले पनि प्रतिक्रिया दिएका छन् । महेश भट्टले एउटा अन्तरवार्तामा विक्रमले अघिल्लो वर्ष सेप्टेम्बरमा विवाह गरेको बताए । त्यतिबेला महेशले विक्रमलाई भनेका थिए, ‘बोस, म विवाह गर्दैछु ।’

महेश भट्टले त्यतिबेलाको कुरा स्मरण गर्र्दै भने, ‘विक्रमले मलाई विवाहका लागि आमन्त्रित व्यक्तिको संख्यामा प्रतिबन्ध भएको र कोभिडको समयमा तपाईंको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै तपाईंलाई विवाहमा आउनै पर्छ भनेर दबाब बनाउँदिन । यतिमात्रै भन्न चाहन्छु कि यसलाई गोप्य राख्न चाहन्छौं ।’

यसको जवाफमा उनले भनेका थिए, ‘विक्रिम तिमी एउटा बिरालो जस्तै हौ जसले आँखा बन्द गरेर दुध पिइरहेका छ । तिमीले सोचिरहेका छौ कि तिमीले दुध खाइरहेको कसैले देखेको छैन । यो आक्रामक मिडियाको समय हो र यो विवाह धेरै दिनसम्म गोप्य रहन सक्दैन ।’

यीसँग गरेका थिए पहिलो विवाहः

स्मरण रहोस्, विक्रम भट्टको पहिलो विवाह उनकी बाल्यकालकी साथी अदितीसँग भएको थियो । यी दुईले लामो समय डेटिङपश्चात् विवाह गर्ने निर्णय गरेका थिए । विवाहको दुई वर्षपछि उनीहरुको छोरीको जन्म भयो , विक्रम र अदितिले छोरीको नाम कृष्णा राखे जो अहिले फिल्म निर्देशन गरिरहेकी छिन् । फिल्म दस्तकका बेला विक्रम भट्ट र सुष्मिता सेनबीच अफेयरको खबर आयो, त्यसपछि अदितिले विक्रम भट्टसँग सन् १९९८ मा सम्बन्धविच्छेद गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप