शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने

बिहीबार, २१ असोज २०७८, १७ : ५०
बिहीबार, २१ असोज २०७८

नेपाली काँग्रेसले यो वर्ष चियापानको कार्यक्रम आयोजना नगर्ने भएको छ । काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापानको कार्यक्रम आयोजना गर्दै आएको थियो । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण चियापान कार्यक्रम नगर्ने जानकारी दिएका हुन् ।

‘महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ । पार्टीले पर्व मनाइरहँदा कोरोना महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कता अपनाउन अपिल समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप