मधुमेहका बिरामीको ‘सुगर लेभल’ १५ मिनेटमा घटाउने यो जुस
हाम्रो शरीरमा एक दिनमा रक्तचापको लेभलमा धेरै पटक उतारचढाव आउने गर्छ । यसलाई नियन्त्रणमा राख्न आवश्यक छ । विशेषगरी, मधुमेहका रोगीले यसमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह र रगतमा चिनीको मात्रा धेरै हुँदा अत्यधिक पानी प्यास लाग्ने गर्छ । यसका साथै, आँखामा धमिलोपन आउने, बान्ता हुने जस्ता लक्षणहरु देखापर्छन् । मन बेचैन हुने, मुख सुख्ने र अत्यधिक थकाइ लाग्ने आदि समस्या हुन्छन् ।
चिकित्सकहरुले रगतमा चिनीको मात्रा घटाउनुभन्दा अगाडि जाँच गर्न आवश्यक भएको बताएका छन् । मधुमेहका रोगीहरुले रगतमा चिनीको मात्रा नाप्नका लागि मिटर वा टेस्ट स्ट्रिपको प्रयोग गर्ने गर्छन् । मधुमेह पीडितको रगतमा चिनीको मात्रा खाना खानुअघि ४.० देखि ५.९ mmol/L हुन आवश्यक छ । मधुमेहको टाइप १, २ र मधुमेहबाट पीडित बालबालिकाको सुगर लेभल ४ देखि ७ mmol/L हुन आवश्यक छ ।
डायबेटिज युकेकी सिनियर क्लिनिकल एड्भाइजर एस्थर वोल्डनले टाइप २ डायबेटिजबाट पीडित व्यक्तिहरुको रगतमा चिनीको मात्रा नियन्त्रण गरेमा हृदयघात, स्ट्रोक, मिर्गौला फेल हुने, आँखासँग जोडिएका समस्याहरुको जोखिम कम गर्न सकिन्छ ।
विशेषज्ञले विभिन्न प्रकारका जुसहरुले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्ने बताएका छन् । हालै गरिएको एक अध्ययनमा अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा १५ मिनेटमा नियन्त्रणमा आउने पत्ता लागेको छ । रगतमा चिनीको मात्रा कम गर्न अनारको जुस फाइदाजनक पाइएको उक्त अध्ययनमा उल्लेख छ ।
अनारमा एक प्रकारको एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा ग्रिन टि वा रेड वाइनमा भन्दा तीन गुणा बढी एन्टिअक्सिडेन्टको मात्रा पाइन्छ । जसले मधुमेह जस्ता रोगीहरुको शरीरमा फ्रि रेडिकलबाट हुने क्षतिबाट बचाउँछ । अनारको बिउले इन्सुलिन सेन्सिटिभिटीलाई सही बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण