महिला प्रधानमन्त्री हुने दिन टाढा छैन : नवनियुक्त मन्त्री रेग्मी
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल काँग्रेसकै पूरानो नेता भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट बताएकी छन् । मन्त्री भएको भोलिपल्ट शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो पार्टीको पूरानो नेता हो । उहाँ भिक्टिमाइज हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको मान्छे हो । अब हेर्नुहोस्, कसैको नाता पर्यो होला । तर, उहाँ भिक्टिमाइज भएर सम्मान गरेको हो ।’
मन्त्री रेग्मीले गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था रहेको बताउँदै गजेन्द्र हमाल मन्त्री बन्दा प्रधानन्यायाधीशको सवाल जोड्न नहुने बताइन् । उनले भनिन् : ‘सर्वदलीय सहमतिबाट भएको कुरा हो । उहाँलाई मन्त्रीमा ल्याउनुपर्दथ्यो । पार्टीमा त्यत्रो योगदान गरेका मान्छेले अवसर पाउनुपर्छ ।’
कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने र त्यो समय आइरहेको दाबी गरिन् । उनले भनिन्, ‘प्रधानमन्त्री बन्न महिला योग्य छन् । एक तिहाई महिलाहरुको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री हुनसक्छन् । महिला कार्यकारी प्रमुख भएर पुगे भ्रष्टाचार कम हुन्छ । तर, महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ ।’
राजनीति फोहोरी खेल भएको बताउँदै उनले प्रधानमन्त्री बन्नका लागि त महिलाहरु पनि यो रेसमा दौडिनुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो देशमा महिलाहरु राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश पनि हुनुभयो । अब प्रधानमन्त्री हुन महिला तयार भएर आउँछन् । कसैले धकेलेर हुँदैन् । यो दिन टाढा छैन् ।’ त्यस्तै, उनले पार्टीको आगामी १४ औं महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने पनि विश्वास समेत दिलाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने