शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘राधा पियारी’ मा सुधीर र गरिमा

आइतबार, २४ असोज २०७८, १२ : ३५
आइतबार, २४ असोज २०७८

वसन्त सापकोटा र मेलिना राईको स्वर रहेको ‘राधा पियारी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशन रहेको गीतको शब्द गोपाल लोहारले कोरेका हुन् । कार्यक्रममा मोडल गरिमाले ‘राधा पियारी’को शब्द, स्वर, संगीत मात्रै नभइ भिडियो पनि उत्कृष्ट भएको बताइन् । गीतमा संगीत गायक सापकोटाकै रहेको छ ।

गोलो प्रोडक्सनको प्रस्तुति रहेको ‘राधा पियारी’ गीतको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकास दाहालले सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप