शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रको विकासमा सक्दो प्रयास गर्छुः मन्त्री खतिवडा

सोमबार, २५ असोज २०७८, १६ : ४९
सोमबार, २५ असोज २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गृह जिल्लाको हेटौंडा अस्पतालको निरीक्षण गरेका छन् । उनले सोमबार दिउँसो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् । सो क्रममा उनले हेटौंडा अस्पतालको स्तरोन्नती र सेवा विस्तारको लागि सक्दो प्रयास गर्ने बताए । 

मन्त्री खतिवडाले अस्पताललाई आम नागरिकहरुको गुनासो रहित बनाउन आवश्यक काममा सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै अस्पतालको विकास र विस्तार सरकारको प्राथमिकतामा रहेको बताए । उनले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै संकटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गरे । 

वर्षौँदेखि काम गर्दै आएको करारका कर्मचारी, चिकित्सक, नर्स लगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा सरकारको ध्यानकर्षण हुने मन्त्री खतिवडाले बताए । अस्पतालले एक समारोहका बीच मन्त्री खतिवडालाई स्वागत एवम् सम्मानसमेत व्यक्त गरेको थियो । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले मन्त्री खतिवडालाई अस्पतालको पछिल्लो अवस्था र कोभिड–१९ मा गरेका प्रयासका बारेमा जानकारी गराएका थिए । मन्त्री खतिवडालाई २१ संस्थाको सम्मान
त्यस्तै मन्त्री खतिवडालाई सोमबार हेटौंडामा मकवानपुरका २१ वटा क्रियाशील संस्थाले स्वागत एवम् सम्मान गरेको छ । २१ वटै संस्थाले संयुक्त कार्यक्रम आयोजना गर्दै मन्त्री खतिवडालाई स्वागत एवम् सम्मान व्यक्त गरेका हुन् । 
मकवानपुरको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ती संस्थाहरुले मन्त्री खतिवडालाई सम्मान गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले समग्र देशको स्वास्थ्य क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेको बताए । 
उनले मकवानपुर मात्र नभइ ७७ जिल्लाको स्वास्थ्य क्षेत्रको विकास आफ्नो जिम्मेवारी भएको बताए । मन्त्री खतिवडाले कोरोना संकटले देशनै समस्या ग्रस्त रहेकोले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्ध हासिल सक्दो प्रयास गर्ने बताए । उनले कोरोनाका कारण बालबालिकाहरु निकै नै जोखिम रहेकाले आगामी केही समयमा नै बालबालिकाहरुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने गरी सरकारले काम गरिहेको जानकारी दिए । 
उनले बालबालिकाका लागि कोरोना विरुद्धको ४० लाख डोज खोप सम्झौता भइसकेको र थप ६० लाख डोज खोप भित्र्याउने प्रक्रिया जारी रहेको बताए । 

सबै नेपालीहरुलाई पूर्ण मात्रामा खोप सेवा प्रदान गरेर कोरोनालाई परास्त गरियो भन्ने अवस्थामा पुग्ने लक्ष्यसहित सरकार कोरोना नियन्त्रणमा प्रतिबद्ध रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप