बेलायतमा एकै दिन झन्डै ४५ हजार सङ्क्रमित
लन्डन । बेलायतमा कोरोना सङ्क्रमण दर पछिल्ला दिनहरूमा लगातार उकालो लाग्दै गइरहेको छ । विगत केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजार भन्दा माथि रहँदै आएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४४ हजार ९२८ नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । एक सातामा दुई लाख ८१ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो साताको तुलनामा सङ्क्रमित सङ्ख्या ११.५ प्रतिशतले वृद्धि भएको हो । बेलायतमा हालसम्म सङ्क्रमित हुनेको कुल सङ्ख्या ८३ लाख ६१ हजार ६५१ पुगेको छ ।
यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १४५ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ८१८ जना सङ्क्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ३८ हजार ३७९ पुगेको छ । मृतक सङ्ख्या पनि ५.१ प्रतिशतले वृद्धि भएको छ ।
गएको एक सातामा सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या ८.१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा ८२७ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ८६ रहेको छ । यस्तै ७८३ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९३ लाख ३५ हजार १५४ जना अर्थात् ८५.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५२ लाख ९७ हजार २३१ जना अर्थात् ७८.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । बेलायतमा हाल तेस्रो अर्थात् बुष्टर डोज पनि शुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण