वर्षाले कृषि बालीलाई राहत
वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताए । उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ । स्थानीयवासी सरस्वती सोमैले भनिन्, “काउली बन्दामा नियमित बिहान साँझ पानी बोकेर बिरुवाको फेदमा मात्रै राखिन्थ्यो, दैनिक पानी बोक्दा निकै सास्ती हुन्थ्यो, अहिले फल लाग्ने बेलामा पानी परेपछि धेरै सजिलो भयो ।”
कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखोबारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका काउली, बन्दा, आलु, सागलगायतका विभिन्न कृषि बालीलाई समयमा नै पानी परेपछि धेरै राहत मिलेको अगुवा कृषक दिलबहादुर थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा