नेपालीको रेस्टुरेन्टलाई युरोपमा अवार्ड
यूरोपेली मुलुक पोल्याण्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले "सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१"अवार्ड प्राप्त गरेको छ । स्नेहाज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्याण्डका संस्थापक सदस्य व्यवसायी नरेश सापकोटाद्वारा सञ्चालित रेष्टुरेण्ट हो। पोल्याण्डको प्रख्यात कम्पनी ओरवेद्वारा स्नेहाजलाई पोल्याण्डको होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड प्रदान गरेको हो। कुल १० अङ्कमा हुने मूल्याङ्कनमा स्नेहाजले ९ दशमलव ७ अङ्क प्राप्त गरेको सापकोटाले बताए। ‘विदेशी भूमिमा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउँदा गौरवको महसुस गरेको छु’, उनले भने ।
विगत १७ वर्षदेखि सपरिवार पोल्याण्डमा बस्दै आएका सापकोटा पोल्याण्डमा सफल नेपाली व्यवसायी मानिन्छन्। उनको सोही स्नेहाज टच रेस्टुरेन्टले पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनी पिएसनेद्वारा प्रदान गरिने होज प्रान्तको 'सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०' को अवार्ड पनि प्राप्त गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण