सोनिया गान्धी र निलम्बर आचार्यबीच भेट
मङ्गलबार, ०२ कात्तिक २०७८, १४ : २१
भारतस्थित नेपाली राजदूत निलम्बर आचार्य र भारतीय काँग्रेसका अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ । नेपाल फर्किन लागेका राजदूत आचार्य हाल भारतमा विभिन्न दलका नेता तथा उच्च पदाधिकारी तथा उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गरिरहेका छन् । सो उपलक्ष्यमा विदाई कार्यक्रमहरुको आयोजना गरिँदैछ । यसअघि भारतीय काँग्रेस अर्का नेता राहुल गान्धीले पनि आचार्यको बिदाइको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेका थिए ।
आज अध्यक्ष गान्धी निवासमा भएको भेटघाट तथा विदाई कार्यक्रममा दुई देशको सम्बन्धको बारेमा छलफल भएको राजदूत आचार्यले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् । असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक नियुक्तिका आधारमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो त्यसमा नीलाम्बर आचार्य पनि परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने