बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुग्यो

बुधबार, ०३ कात्तिक २०७८, ०८ : ३४
बुधबार, ०३ कात्तिक २०७८

सुर्खेत ।  मुगु बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बस दुर्घटनामा परी घाइते भएका मुगुको छाँयानाथ रारा नगरपालिका – १४ बाम बस्ने अंग बहादुरका छोरा वर्ष २७ को दन्त बुढा उपचारको क्रममा मृत्यु भएको हो ।

कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गत असोज २६ गते  मुगुको बस दुर्घटनामा हुँदा ३२ जनाको मृत्यु भएको थियो । २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप